१९ माघ, मंगलसेन। अछामको ढकारी गाउँपालिका–८, पल्साँताका दुई किशोरी इशरा खड्का (१४) र सरस्वती खड्का (१५) को हत्या प्रकरणमा नयाँ खुलासा भएको छ । प्रहरी अनुसन्धानबाट यो हत्या शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गरिएपछि भएको पाइएको हो ।
अछाम प्रहरीको अनुसन्धान प्रतिवेदन अनुसार किशोरीहरूको हत्यामा मायाको चिनो (चुन्नी) नदिएको र शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्नु दुई मुख्य कारण रहेको छ ।
यस प्रकरणमा १५ र १७ वर्षका दुई बालकलाई पक्राउ गरिएको छ। बालक भएकाले उनीहरूको वास्तविक नाम सार्वजनिक नगरी क्रमशः "६९ मङ्गलसेन ७३" र "६९ मङ्गलसेन ७६" भनी सम्बोधन गरिएको डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।
अनुसन्धानका क्रममा इशरा "६९ मङ्गलसेन ७३" की र सरस्वती "६९ मङ्गलसेन ७६" की प्रेमिका रहेको खुलेको छ, जसलाई आरोपित बालकहरूले स्वीकार गरेका छन्। "६९ मङ्गलसेन ७६" ले सरस्वतीसँग मायाको चिनो स्वरूप चुन्नी मागेका थिए र उनले दिन नमानेपछि शारीरिक सम्पर्कको प्रस्ताव राखेका थिए। सरस्वतीले दुवै प्रस्ताव अस्वीकार गरेपछि विवाद उत्पन्न भएको र उनको ढुंगाले हानेर हत्या गरिएको थियो । घटनाबारे अन्यलाई जानकारी नदिन गरेको आग्रह अस्विकार गर्दा इशराको पनि हत्या भएको प्रहरीको निष्कर्ष रहेको छ।माघ ११ गते बाख्रा चराउन गएका दुई किशोरी घर नफर्किएको र खोजी गर्दा मृत फेला परेका थिए । घटना पश्चात उक्त घटना कृतिम बनाउनका लागि हत्याराले ईशराको शव व्यवस्थापन गरेका थिए।जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले घटनाको अनुसन्धान गरेको थियो। जिल्ला प्रहरी कार्यालय अछामले घटनाको शनिबार बिहान पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको थियो।
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२१ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः १५ बजे बस्ने भएको हो । राष्ट्रियसभा सदस्य...
२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...
२१ साउन, हेटौंडा । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नै रहने भएका छन् । नेकपा (एमाले) अध्यक्ष तथा...


















