३ फागुन, हेटौंडा । मकवानपुरगढी-२ शिखरकटेरीमा वन डढेलो नियन्त्रणका लागि सचेतनामुलक अभियान संचालन गरिएको छ ।
विश्व सालक दिवसको अवसरमा चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूह हेटौंडा-६, बाघभैरव सामुदायिक वन समूह मकवानपुरगढी-२ र अशोक सामुदायिक वन उपभोक्ता समूह हेटौंडा-१७ को संयुक्त आयोजनामा सचेतनामुलक अभियान भएको हो ।
अभियान अन्तरगत शिखरकटेरीदेखि शुरू भएको सचेतनामुलक र्याली गैरीभञ्ज्याङ पुन: शिखरकटेरीमा फर्किएर अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा मकवानपुरगढी सव डिभिजन फरेष्टर देवेन्द्र सञ्जेल र हर्नामाडि सव डिभिजन सहायक वन अधिकृत मदन घिमिरेले सहजिकरण गरेका थिए । त्यस्तै, वन विज्ञान अध्ययन संस्थान हेटौंडा र कृषि वन विश्वविद्यालय हेटौंडाका विद्यार्थीले सालकबारे जानकारी दिएका थिए ।
मकवानपुरगढी-२ का वडा अध्यक्ष बखानसिंह पाख्रिनको प्रमुख आतिथ्यता एवं चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लक्ष्मण कटुवालको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा मकवानपुरगढी-२ का वडा सदस्य रामप्रसाद चौरेल, हर्नामाडि सव डिभिजन सहायक वन अधिकृत मदन घिमिरे, इप्रका मकवानपुरगढी, प्रहरी निरीक्षक बिरेन्द्र रायमाझी, सामुदायिक वन उपभोक्ता महासंघ हेटौंडा नगर सचिवालय सदस्य दुर्गा महत, पत्रकार रूपेश दुलाल, बाघभैरव सामुदायिक वन समूहका अध्यक्ष गम्भीरराज न्यौपाने, अशोक सामुदायिक वन समूहका अध्यक्ष रमेशकुमार राई, चुच्चेखोला सामुदायिक वन उपभोक्ता सामूहका कार्यालय सचिव केदार गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ हेटौंडा नगर सचिवालय सदस्य नारायण ढकाल, वन रक्षक किरणकुमार क्षेत्री लगायतको सहभागिता रहेको थियो ।
सामुदायिक वन समूहका उपभोक्ता, टोल विकास संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो । प्रत्येक बर्षको फेब्रुअरीको तेस्रो शनिबार मनाइने सालक दिवसको यस वर्षको नारा 'सालक संरक्षणको लागि युवा विरासत' रहेको छ ।
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...


















