Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरगढी-२ मा वन डढेलो नियन्त्रणका लागि सचेतनामुलक अभियान

IMG_20250215_135906-1739615092.jpg

३ फागुन, हेटौंडा । मकवानपुरगढी-२ शिखरकटेरीमा वन डढेलो नियन्त्रणका लागि सचेतनामुलक अभियान संचालन गरिएको छ ।
विश्व सालक दिवसको अवसरमा चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूह हेटौंडा-६, बाघभैरव सामुदायिक वन समूह मकवानपुरगढी-२ र अशोक सामुदायिक वन उपभोक्ता समूह हेटौंडा-१७ को संयुक्त आयोजनामा सचेतनामुलक अभियान भएको हो ।
अभियान अन्तरगत शिखरकटेरीदेखि शुरू भएको सचेतनामुलक र्याली गैरीभञ्ज्याङ पुन: शिखरकटेरीमा फर्किएर अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा मकवानपुरगढी सव डिभिजन फरेष्टर देवेन्द्र सञ्जेल र हर्नामाडि सव डिभिजन सहायक वन अधिकृत मदन घिमिरेले सहजिकरण गरेका थिए । त्यस्तै, वन विज्ञान अध्ययन संस्थान हेटौंडा र कृषि वन विश्वविद्यालय हेटौंडाका विद्यार्थीले सालकबारे जानकारी दिएका थिए ।
मकवानपुरगढी-२ का वडा अध्यक्ष बखानसिंह पाख्रिनको प्रमुख आतिथ्यता एवं चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लक्ष्मण कटुवालको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा मकवानपुरगढी-२ का वडा सदस्य रामप्रसाद चौरेल, हर्नामाडि सव डिभिजन सहायक वन अधिकृत मदन घिमिरे, इप्रका मकवानपुरगढी, प्रहरी निरीक्षक बिरेन्द्र रायमाझी, सामुदायिक वन उपभोक्ता महासंघ हेटौंडा नगर सचिवालय सदस्य दुर्गा महत, पत्रकार रूपेश दुलाल, बाघभैरव सामुदायिक वन समूहका अध्यक्ष गम्भीरराज न्यौपाने, अशोक सामुदायिक वन समूहका अध्यक्ष रमेशकुमार राई, चुच्चेखोला सामुदायिक वन उपभोक्ता सामूहका कार्यालय सचिव केदार गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ हेटौंडा नगर सचिवालय सदस्य नारायण ढकाल,  वन रक्षक किरणकुमार क्षेत्री लगायतको सहभागिता रहेको थियो ।
सामुदायिक वन समूहका उपभोक्ता, टोल विकास संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो । प्रत्येक बर्षको फेब्रुअरीको तेस्रो शनिबार मनाइने सालक दिवसको यस वर्षको नारा 'सालक संरक्षणको लागि युवा विरासत' रहेको छ ।

IMG_20250215_152657-1739616293.jpg
IMG_20250215_123150-1739616295.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

थप समाचार