Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सिद्धार्थ माविको ४९औं वार्षिकोत्सव :शिक्षक, विद्यार्थी देखि अभिभावकलाई सम्मान

Screenshot_20250225_18085-1740486328.jpg

१३ फागुन, हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको  सिद्धार्थ माध्यमिक विद्यालयको ४९ औं वार्षिकोत्सव मंगलबार सम्पन्न भएको छ । वार्षिकोत्सवमा उत्कृष्ट शिक्षक, उत्कृष्ट अंक ल्याउने विद्यार्थी र अभिभावक समेतलाई सम्मान गरिएको छ। 

हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता एवम् विद्यालय व्यावस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

सो क्रममा सिद्धार्थ माविकी ५ जना  शिक्षकलाई उत्कृष्ट शिक्षकको रुपमा नगद सहित सम्मान गरिएको छ। विद्यालयका सहायक प्रधानाध्यापक सागर प्रसाद खतिवडा, अंग्रेजी माध्यम संयोजक गणेश प्रसाद हुमागाई, रोशन शाह, सुनिल शिवाकोटी, सुरुची रेग्मीलाई नगद ५ हजार र प्रशंसापत्रले सम्मान गरिएको हो।  विद्यालयकी कर्मचारी सपनामाया गोलेलाई नगदसहित कदरपत्रले सम्मान गरिएको थियो  भने सबै भन्दी बढी उपस्थित हुने शिक्षकहरु सुप्रिया चौलागाई र शोभा तिम्सिनालाई समेत सम्मान गरिएको थियो। विद्यालयको भवन निर्माणका लागि योग्दान पुयाएको भन्दै मकवानपुर बहुमुखी क्याम्पसका निवर्तमान प्रमुख डाक्टर शंकर उपाध्यायलाई पनि सम्मान गरिएको थियो। 
त्यसैगरी कार्यक्रममा २०८० सालको एसईई परीक्षा र आधारभूत तहमा ए प्लस अङ्क प्राप्त भएका र सतप्रतिशत नजिता प्राप्त भएका विषयका विषय शिक्षकहरू समेत सम्मान गरिएको थियो ।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा विद्यालयले त्रैमासिक रुपमा प्रकाशन गरेको सिद्धार्थ बालबाटिकाको विमोचन गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले हेटौंडा नगर र जिल्लाकै शैक्षिक प्रगतिका लागि सिद्धार्थ माविले  खेलेको भूमिकाको प्रशंसा गरेकी थिइन्।
कार्यक्रममा बिशिष्ट अतिथि रहेको राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्ण प्रसाद घिमिरे, हेटौंडा उपमहानगरपालिका   सामाजिक विकास महाशाखा संयोजक तथा हेटौंडा १६ का वडाध्यक्ष रामकृष्ण कोइराला,हेटौंडा २ का वडाध्यक्ष विष्णु गोपाल महर्जन, विद्यालयका निवर्तमान अध्यक्ष मधु बजगाइ, निवर्तमान प्रअ मोहन प्रसाद शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा उत्कृष्ट २ जना अभिभावकलाई सम्मान गरिएको थियो भने शैक्षिक सत्र २०८०को वार्षिक परीक्षा मा कक्षागत प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो। त्यसैगरी अनुशासित, बढी हाजिर हुने एक छात्रा र एक छात्रलाई समेत पुरस्कृत गरिएको थियो ।त्यसैगरी रामेश्वर। रविवदन छात्रवृत्तिबाट कक्षा १ देखी ५ सम्मका ५ जना विद्यार्थी, रेन्छेन घिसिङ स्मृति छात्रवृत्ति बाट कक्षा ८ का दुई विद्यार्थी र सौरव। गौरव छात्रवृत्तिबाट कक्षा ११ मा उत्कृष्ट जिपिए ल्याउने एक छात्रा र छात्रालाई नगद ५ हजार सहित सम्मान गरिएको थियो । कक्षा १२ सम्म पढाइ हुने विद्यालयमा २ हजार बढी विद्यार्थी अध्ययनरत छन्।

Screenshot_20250225_18105-1740486371.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

थप समाचार