८ फागुन, हेटौँडा । पत्रकारलाई संघीय संसद तथा प्रदेशसभाको रिपोर्टिङमा सहजीकरण गर्ने उद्धेश्यका साथ हेटौंडामा संसदीय पत्रकार मञ्च गठन भएको छ ।
तीन नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडामा मंगलबार भएको पत्रकारहरुको भेलाले गोरखापत्र दैनिकका संवाददाता राममणि दाहालको अध्यक्षतामा ९ सदस्यीय मञ्च गठन गरेको हो । मञ्चको उपाध्यक्षमा कान्तिपुर दैनिकका नगेन्द्र अधिकारी र सचिवमा साझाकुरा दैनिकका केशब समर्पण रहेका छन् ।
तु–खबर डटकमका कार्यकारी सम्पादक चन्द्र घलान सहसचिव र रेडियो थाहा सञ्चारकी सिर्जना नेपाल कोषाध्यक्षमा चयन भएकी छन् । मञ्चको सदस्यहरुमा नयाँ पत्रिका दैनिकका संवाददाता सुदिप शिवाकोटी, नागरिक दैनिकका संवाददाता अशोक सुजन श्रेष्ठ, प्रदेश दैनिकका संवाददाता प्रमोद अर्याल र रेडियो ताम्सालिङका दिलबहादुर लामा रहेका छन् ।
भेलामा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, उपाध्यक्ष कुमार अधिकारी, प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष प्रकाश दाहाल, प्रेस युनियन मकवानपुरका अध्यक्ष रुपेश दुलाल, प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष नानीमैयाँ विष्टलगायतको सहभागिता रहेको थियो । मञ्चले केही समयमा नै केन्द्रीय मञ्चसँग छलफल गरी पत्रकारलाई संसदीय रिपोर्टिङ सम्बन्धी तालिमको आयोजना गर्ने निर्णय गरेको छ । प्रदेशसभा सचिवालयसँग समन्वय गरी पत्रकारलाई संसदीय रिपोर्टिङमा सहजीकरण गर्नलाई आगामी दिनमा मञ्चले भूमिका खेल्ने नवनिर्वाचित अध्यक्ष राममणि दाहालले बताए ।
देश संघीयतामा गइसकेपछि प्रत्यक प्रदेशमा संसदीय अभ्यास हुने भएकाले त्यसको लागि पत्रकारको दक्षता, क्षमता अभिवृद्धि तथा अन्य सहयोगको लागि मञ्च गठनको आवश्यकता परेको हो । यसअघि केन्द्रीय राजधानीमा मात्र गठन भएको मञ्चको तीन नम्बर प्रदेशको राजधानी हेटौंडामा पहिलो शाखा विस्तार गरेको जनाईएको छ ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















