१५ फागुन,हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकामा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको सेमीफाइनलको समीकरण पुरा भएको छ। बुधबारबाट सुरु भएको पालिका स्तरीय अन्तर वडाकप फुटबलमा विहीबार चार खेल सम्पन्न भएसंगै कपको सेमीफाइनलका समीकरण पुरा भएको हो। बिहीबार भएको पहिलो खेलमा वडा १० ले वडा ६ लाई २ का विरुद्ध शून्य गोल अन्तरले पछि पार्दै सेमीफाइनल प्रवेश गरेको छ । वडा १० का लागि सागर बलले २ गोल गरेका थिए भने खेलको म्यान अफ द म्याच पनि सागरनै घोषित भए ।
त्यसैगरी आज भएको दोस्रो खेलमा वडा ५ ले वडा ३ लाई ३ का विरुद्ध शून्य गोल अन्तरले हराएको छ । ५ नम्बरका हिरा लामाले एक गोल र खड्कलाल मुक्तानले २ गोल गर्दै ५ नम्बरलाई फेमीफाइनलमा पुयाएका हुन् । खेलको म्यान अफ द म्याच खड्कलाल मुक्तान घोषित भएको खेलकुद विकास समितिका सदस्य रवीन्द्र थिङले बताए ।
त्यसैगरी आजै सम्पन्न तेस्रो खेलमा वडा नम्बर ७ विजयी भएको छ । घरेलु मैदानमा वडा ७ ले ९ लाई २का विरुद्ध १ गोल अन्तरले पराजित गरेको थियो । वडा नम्बर ७ को तर्फ बाट सागर चेपाङले २ गोल गरेका थिए भने ९ को तर्फबाट रिजन बर्तौलाले १ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच चेपाङ घोषित भए । त्यसैगरी आज भएको चौथो खेलमा वडा नम्बर ८ विजयी भएको छ । ८ का खेलाडी राजन स्याङ्बोले ४ नम्बरको पोष्टमा ५ गोल गरेका थिए भने ४ नम्बरले भने कुनै पनि गोल फर्काउन सफल भएन। खेलको म्यान अफ द म्याच राजन स्याङ्बो घोषित भए ।गाउँपालिकाको आयोजना तथा कैलाश गाउँपालिका खेलकुद विकास समितिको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको शुक्रबार हुने पहिलो सेमीफाइन खेल वडा नम्बर १० र ७ बीच र दोस्रो खेल वडा नम्बर ८ र ५ बीच हुने समितिका संयोजक मोहन वाईवाले बताएका छन् ।
विजेताले १ लाख नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ६० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । कैलाश ९ स्थित नामटार खेल मैदानमा जारी प्रतियोगिताको फाइनल भिडन्त शनिबार हुने जनाइएको छ।
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
















-1786686763.jpg)

