Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

इन्द्रसरोवर घटना: प्रतिकारमा घाइते हुने आफ्नै छोरा, उपचारको क्रममा मृत्यु

FB_IMG_1712278017130-1740739967.jpg

१६ फागुन, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा आँखामा खुर्सानीको धुलो छर्की चोरी गर्न एक घरमा पुगेका र सो घटनामा घरधनीको प्रतिकारमा गम्भीर घाइते भएका पुरुषको मृत्यु भएको छ भने मृतक व्यक्ति भ्लोन दम्पतीकै छोरा भएको पुष्टि भएको छ। 
बिहीबार राति इन्द्रसरोवर ३ अदुवा बारीमा स्थानीय मिन बहादुर भ्लोन र निजकी श्रीमती देवी माया भ्लोनलाई आँखामा खुर्सानीको धुलो छरी लुटपाट गर्न खोज्दा देवी मायाले घरेलु औजारले प्रतिकार गर्दा गम्भीर घाइते निज दम्पतीको जेठो सुपुत्र ३८ वर्षीय भरथ बहादुर भ्लोन भएको पहिचान खुलेको हो।

निज भ्लोनको  चितवन स्थित भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । पहिचान हुन नसकेको अवस्थामा निजका माइलो भाइले मृतकको पहिचान गरेको प्रवक्ता अर्यालले बताएका छन् ।

त्यसैगरी घटनामा घाईते भ्लोन दम्पतीलाई थप उपचारको लागि काठमाडौं पठाइएको जनाइएको छ। उनीहरुलाई निजका छोरी कुमारी भ्लोनले उपचारको लागि लगेको प्रवक्ता अर्यालले जनाएका छन्। घटनाको इलाका प्रहरी कार्यालय भिमफेदी र जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार