Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

कैलाश अध्यक्ष कप फुटबल :वडा नम्बर ८ र १० बिच उपाधि भिडन्त

Screenshot_20250228_19550-1740751975.jpg

१६ फागुन, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकामा जारी पालिका स्तरीय अन्तर वडा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधिका लागि वडा नम्बर १० र ८ बिच भिडन्त हुने भएको छ ।
शुक्रबार भएको पहिलो सेमीफाइनल खेलमा वडा १० ले ७ लाई २-० गोल अन्तरले पराजित गर्दै  फाइनल भिडन्त पक्का गरेको हो । १० नम्बरका लागि अनिल सिंतान र सागर बलले एक/एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच वडा १० का खेलाडी साजन जिम्बा घोषित भए । आजै भएको दोस्रो सेमीफाइनल खेलमा वडा नम्बर ८ पनि फाइनलमा प्रवेश गरेको छ ।

वडा ८ र ५ बिचको भएको प्रतिस्पर्धामा वडा नम्बर ८ ले वडा नम्बर ५ लाई १-० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । वडा नम्बर ८ का  बेबदुध नेगीले  निर्णायक गोल गरेका थिए । नेगीनै खेलको म्यान अफ द म्याच भएको खेलकुद विकास समितिका संयोजक मोहन वाइवाले बताएका छन् ।

कैलाश ९ नामटार खैल मैदानमा शनिबार हुने फाइनल खेल वडा १० र ८ बीच हुनेछ । वडा १० दोस्रो अध्यक्ष कपको विजेता टिम समेत हो । गाउँपालिकाको आयोजना तथा कैलाश गाउँपालिका खेलकुद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता भएको हो । विजेता टिमले एक लाख नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ६० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

थप समाचार