Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

कैलाश अध्यक्ष कपको उपाधि वडा नम्बर १० लाई

Screenshot_20250301_14114-1740817696.jpg

१७, फागुन, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकामा जारी पालिका स्तरीय अन्तर वडा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १० ले प्राप्त गरेको छ। डिफेन्डिङ च्याम्पियन समेत रहेको  वडा नम्बर १० ले शनिबार सम्पन्न वडा नम्बर ८ विरुद्धको फाइनल खेलमा अध्यक्षकप फुटबल प्रतियोगिता माथि उपाधि कब्जा गरेको हो। 
कैलाश ९ स्थित नामटार खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा वडा नम्बर १० ले वडा नम्बर ८ लाई  पेलान्टी सुट आउटमा ८-७ गोल अन्तरले हराउँदै  वडा  १० विजयी भएको हो । उपाधि सँगै वडा १० ले नगद एक लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता बनेको वडा  ८ ले ६० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । फाइनल खेलकाे पहिलाे हाफ बराबरी भएको थियाे । खेलकाे १७ औं मिनेटमा  १० नम्बर वडाका सुर्य थिङ्गले  पहिलाे गाेल गरेका थिए भने वडा ८ का देवदुत नेगीले २३ औं मिनेटमा गाेल फर्काउँदै  बराबरीमा पुर्‍याएका थिए । दाेस्राे हाफमा दुबैतर्फबाट गाेल  गर्न असफल भएपछि खेल पेलान्टी सुट आउटमा पुगेकाे थियाे । पेलान्टी सुटआउटमा दुवैतर्फबाट बराबरी  ५-५ गाेल भएको थियाे भने  सडनडेथमा ३-२ गाेल भए सङ्गै ८-७ गाेल अन्तरले  वडा नम्बर १० विजयी भएको हाे । खेलको म्यान अफ द म्याच वडा १० का गाेलरक्षक विशाल वाईवा घोषित भए । 
गाउँपालिकाको आयोजना तथा कैलाश गाउँपालिका खेलकुद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता भएको हो । समितिका संयोजक मोहन वाइवाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । अध्यक्ष मुक्तानले विजेता र उपविजेतालाई पुरस्कार प्रदान गरेका थिए । 
 कार्यक्रममा उत्कृष्ट उदयीमान खेलाडी वडा  ८का  विपु मुक्तान, उत्कृष्ट फरवार्ड  वडा १० का सागर बल, उत्कृष्ट डिफेन्डर वडा १० सुर्य थिङ्ग,  उत्कृष्ट मिडफिल्डर  वडा ८ का विपु मुक्तान , खेल अवधिमा धेरै गोलगर्ने  वडा ८ का खेलाडी राजन स्याङ्बाे(६गाेल),  उत्कृष्ट गोलरक्षक वडा १०का विशाल वाइवा र  सर्वाेत्कृष्ट खेलाडी वडा १० अनित सिंतान घोषित भए । उनीहरुलाई ट्रफि प्रदान गरिएको थियो ।
गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल विशेष आतिथ्यता रहेकाे कार्यक्रममा  वडा नम्बर ९ का वडाध्यक्ष भुवन सिं घलान, वडा १०का अध्यक्ष सुर्य बहादुर ब्लाेन   वडा ८ का अध्यक्ष आशिष प्रजा, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जाेशी, कालिका माविका प्रअ रामप्रसाद कालाखेती, प्रहरी चाैकी नामटारका ईन्चार्ज हिराबहादुर श्रेष्ठ लगायतकाे आतिथ्यता रहेकाे थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

थप समाचार