२२ फागुन, हेटौंडा । बिहीबारबाट हेटौंडामा दशौं राष्ट्रिय हेटौँडा भेट्रान्स कप ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता शुरु भएको छ । खेलको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मिना कुमारी लामाले गरेकी हुन् ।
उनले भेट्रान्स कपले फुटबल खेलको विकासमा ठुलो योगदान पुर्याउँदै आएको बताउँदै खेलाडीहरूको बिचको सुमधुर सम्बन्धलाई प्रगाढ बनाउँदै मकवानपुर जिल्लालाई खेल क्षेत्रबाट चिनाउन भूमिका खेलेकोमा हेटौंडा भेट्रान्सलाई धन्यवाद दिइन् ।
क्लबका उपाध्यक्ष नवराज बज्राचार्य अध्यक्षतामा भएको उद्घाटनमा शिक्षासेवी पूरनबहादुर जोशी, एन्फाका केन्द्रीय सदस्य टिका लामा, हेटौडा उपमहानगरपालिकाका वडा अध्यक्षहरू, जिल्ला खेलकुद विकास समिति मकवानपुरका पूर्व अध्यक्षहरू बालकृष्ण चौलागाई, माधव तिमल्सिना, बागमती प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरी, निवर्तमान अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
फागुन २६ गते सम्म हेटौडा ४ मा रहेको हुप्राचौर खेल मैदानमा हुने भएको प्रतियोगितामा १५ वटा समूहले भाग लिएको खेल संयोजक मणिराज गौतमले बताए ।
बानेश्वर फ्रेण्डसीप र बौद्धको विजयी शुरुवात
प्रतियोगितामा बानेश्वर फ्रेण्डसीप भेट्रान्स र बौद्ध भेट्रान्सले विजयी शुरुवात गरेका छन् । बानेस्वर भेट्रान्सले बिरगंज सिटी भेट्रान्सलाई सुन्या विरुद्ध एक गोल गर्दै विजयी भएको थियो । बानेस्वरको तर्फबाट खेलको अन्तिम समयमा हरिहर थापाले गरेको एक मात्रै गोल निर्णायक बनेको थियो । खेलको म्यान अफ द म्याच थापा घोषित भएका थिए ।यस्तै आज भएको दोस्रो खेलमा बौद्ध भेट्रान्सले वीरगन्ज यूथलाई सुन्या विरुद्ध दुई गोल गर्दै विजयी भएको छ । खेलमा बौद्धको तर्फबाट उमन मोक्तान र राजु कोइरालाले एकाएक गोल गरेका थिए । खेलमा कोइराला म्यान अफ द म्याच घोषित भएका थिए । यस्तै आजै भएको तेस्रो खेलमा एबिसि भेट्रान्स पोखर र भुटनदेवी भेट्रान्स बिच निर्धारित समयमा गोल रहित खेल भएकोले बराबरीमा टुङ्गिएको छ । समय अभावका कारण यी दुई समूहबिचको ट्राई ब्रेकर शुक्रवार बिहान १० बजे हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा मुख्य प्रायोजकका रूपमा हेटौँडा उपमहानगरपालिका रहेको छ भने सह प्रायोजकका रूपमा हेटौडा स्कुल अफ म्यानेजमेन्ट रहेको छ । विभिन्न पालिकाहरू, वडा कार्यालयहरू, सङ्घ संस्था तथा समाजसेवी, फुटबल खेल प्रेमीहरुको साथ सहयोग रहेको क्लबका अध्यक्ष रमेश उप्रेतीले बताए । प्रतियोगितामा पहिलो हुने समूहले एक लाख ५० हजार ५ सय ५५ र दोस्रो हुने समूहले ७५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । यस्तै विधागत खेलाडीहरू सर्वश्रेष्ठ कोच,उत्कृष्ट फरवार्ड,उत्कृष्ट गोलकिपर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिडफिल्डलाई जनही ५ हजार र म्यान अफ द सिरिज हुने खेलाडीलाई १० हजार पुरस्कार रहेको छ ।
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













