२२ फागुन, हेटौंडा । बिहीबारबाट हेटौंडामा दशौं राष्ट्रिय हेटौँडा भेट्रान्स कप ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता शुरु भएको छ । खेलको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मिना कुमारी लामाले गरेकी हुन् ।
उनले भेट्रान्स कपले फुटबल खेलको विकासमा ठुलो योगदान पुर्याउँदै आएको बताउँदै खेलाडीहरूको बिचको सुमधुर सम्बन्धलाई प्रगाढ बनाउँदै मकवानपुर जिल्लालाई खेल क्षेत्रबाट चिनाउन भूमिका खेलेकोमा हेटौंडा भेट्रान्सलाई धन्यवाद दिइन् ।
क्लबका उपाध्यक्ष नवराज बज्राचार्य अध्यक्षतामा भएको उद्घाटनमा शिक्षासेवी पूरनबहादुर जोशी, एन्फाका केन्द्रीय सदस्य टिका लामा, हेटौडा उपमहानगरपालिकाका वडा अध्यक्षहरू, जिल्ला खेलकुद विकास समिति मकवानपुरका पूर्व अध्यक्षहरू बालकृष्ण चौलागाई, माधव तिमल्सिना, बागमती प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरी, निवर्तमान अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
फागुन २६ गते सम्म हेटौडा ४ मा रहेको हुप्राचौर खेल मैदानमा हुने भएको प्रतियोगितामा १५ वटा समूहले भाग लिएको खेल संयोजक मणिराज गौतमले बताए ।
बानेश्वर फ्रेण्डसीप र बौद्धको विजयी शुरुवात
प्रतियोगितामा बानेश्वर फ्रेण्डसीप भेट्रान्स र बौद्ध भेट्रान्सले विजयी शुरुवात गरेका छन् । बानेस्वर भेट्रान्सले बिरगंज सिटी भेट्रान्सलाई सुन्या विरुद्ध एक गोल गर्दै विजयी भएको थियो । बानेस्वरको तर्फबाट खेलको अन्तिम समयमा हरिहर थापाले गरेको एक मात्रै गोल निर्णायक बनेको थियो । खेलको म्यान अफ द म्याच थापा घोषित भएका थिए ।यस्तै आज भएको दोस्रो खेलमा बौद्ध भेट्रान्सले वीरगन्ज यूथलाई सुन्या विरुद्ध दुई गोल गर्दै विजयी भएको छ । खेलमा बौद्धको तर्फबाट उमन मोक्तान र राजु कोइरालाले एकाएक गोल गरेका थिए । खेलमा कोइराला म्यान अफ द म्याच घोषित भएका थिए । यस्तै आजै भएको तेस्रो खेलमा एबिसि भेट्रान्स पोखर र भुटनदेवी भेट्रान्स बिच निर्धारित समयमा गोल रहित खेल भएकोले बराबरीमा टुङ्गिएको छ । समय अभावका कारण यी दुई समूहबिचको ट्राई ब्रेकर शुक्रवार बिहान १० बजे हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा मुख्य प्रायोजकका रूपमा हेटौँडा उपमहानगरपालिका रहेको छ भने सह प्रायोजकका रूपमा हेटौडा स्कुल अफ म्यानेजमेन्ट रहेको छ । विभिन्न पालिकाहरू, वडा कार्यालयहरू, सङ्घ संस्था तथा समाजसेवी, फुटबल खेल प्रेमीहरुको साथ सहयोग रहेको क्लबका अध्यक्ष रमेश उप्रेतीले बताए । प्रतियोगितामा पहिलो हुने समूहले एक लाख ५० हजार ५ सय ५५ र दोस्रो हुने समूहले ७५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । यस्तै विधागत खेलाडीहरू सर्वश्रेष्ठ कोच,उत्कृष्ट फरवार्ड,उत्कृष्ट गोलकिपर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिडफिल्डलाई जनही ५ हजार र म्यान अफ द सिरिज हुने खेलाडीलाई १० हजार पुरस्कार रहेको छ ।
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...


-1786686763.jpg)















