२६ फागुन, हेटौंडा । हेटौडा भेट्रान्स क्लबको आयोजनामा गत फागुन २२ गतेदेखि भएको दशौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि किङकम भेट्रान्स काठमाडौंले जितेको छ । हेटौडामा सोमबार सम्पन्न फाइनल खेलमा फ्रिडम फाइटर भेट्रान्स काठमाण्डौलाई टाईब्रेकरमा पराजित गर्दै किङकम भेट्रान्सले नगद एक लाख ५० हजार पाँचसय पचपन्न रुपैयाँको राशी हात पार्न सफल भएको हो ।
खेलको १४ औं मिनेटमा फ्रिडम फाईटर भेट्रान्सको तर्फबाट कृष्ण मालाकारले एक गोल गर्दै समूहलाई अग्रता दिलाए पनि खेलको २७ औं मिनेटमा किङकम भेट्रान्सका खेलाडी जगतमान लामाले गोल गर्दै बराबरीमा बनाएका थिए । निर्धारित समयमा दुवै समूहबाट बराबरी गोल भएपछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा ३-२ गोल अन्तरमा किङकम भेट्रान्स विजेता भएको थियो । उपविजेता हुन सफल फ्रिडम फाईटर भेट्रान्सले नगद ७५ हजार ५ सय ५५ रुपैयाँ र शिल्ड प्राप्त गरेको प्रतियोगीता संयोजक मणिराज गौतमले बताए ।
प्रतियोगिता अन्तर्गत सर्वश्रेष्ठ कोच किङकम भेट्रान्सका राजकुमार पन्त, उत्कृष्ट फरवाड सरोज थापा, उत्कृष्ट गोलकिपर अमित प्रधान, उत्कृष्ट डिफेन्स सञ्जय राना मगर घोषित भएका थिए भने उत्कृष्ट मिडफिल्डर फ्रिडम फाईटरका उदय बहादुर गुरुङ घोषित भई जनही पाँच हजार नगद र ट्रफी प्राप्त गर्न सफल भए ।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी फ्रिडम फाईटरका तेन्जिङ लामा घोषित भई नगद दश हजार सँगै ट्रफी प्राप्त गरे ।
बिजयी खेलाडीहरुलाई हेटौडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामाले पुरस्कार प्रदान गरेकी थिइन् ।
समापन समारोहमा शिक्षासेवी पूरण बहादुर जोशी, एन्फाका केन्द्रीय सदस्य टिका लामा, हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर ४ अध्यक्ष नवीन सिग्देल, वडा नम्बर ५ अध्यक्ष सुशील घिमिरे, वडा नम्बर ६ अध्यक्ष विष्णु बहादुर दाहाल,वडा नम्बर ७ अध्यक्ष दामोदर गौतम, वडा नम्बर ८ अध्यक्ष राम थापा, वडा नम्बर ९ अध्यक्ष शुकराम केसी, वडा नम्बर ११ अध्यक्ष जुना दाहाल, जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यलय प्रमुख माधव कोईराला, बागमती प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरी लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा मुख्य प्रायोजकका रूपमा हेटौँडा उपमहानगरपालिका रहेको थियो भने सह प्रायोजकका रूपमा हेटौडा स्कुल अफ म्यानेजमेन्ट रहेको थियो। विभिन्न पालिकाहरू, वडा कार्यालयहरू, संघसंस्था तथा समाजसेवी, फुटबल खेलप्रेमीहरुको सहयोग रहेको क्लबका अध्यक्ष रमेश उप्रेतीले बताए ।
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । देउवा...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

-1786686763.jpg)
















