Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकमलाई

Screenshot_20250310_20323-1741618083.jpg

२६ फागुन, हेटौंडा । हेटौडा भेट्रान्स क्लबको आयोजनामा गत फागुन २२ गतेदेखि भएको दशौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि किङकम भेट्रान्स काठमाडौंले जितेको छ । हेटौडामा सोमबार सम्पन्न फाइनल खेलमा फ्रिडम फाइटर भेट्रान्स काठमाण्डौलाई टाईब्रेकरमा पराजित गर्दै किङकम भेट्रान्सले नगद एक लाख ५० हजार पाँचसय पचपन्न रुपैयाँको राशी हात पार्न सफल भएको हो ।
खेलको १४ औं मिनेटमा फ्रिडम फाईटर भेट्रान्सको तर्फबाट कृष्ण मालाकारले एक गोल गर्दै समूहलाई अग्रता दिलाए पनि खेलको २७ औं मिनेटमा किङकम भेट्रान्सका खेलाडी जगतमान लामाले गोल गर्दै बराबरीमा बनाएका थिए । निर्धारित समयमा दुवै समूहबाट बराबरी गोल भएपछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा ३-२ गोल अन्तरमा किङकम भेट्रान्स विजेता भएको थियो । उपविजेता हुन सफल फ्रिडम फाईटर भेट्रान्सले नगद ७५ हजार ५ सय ५५ रुपैयाँ र शिल्ड प्राप्त गरेको प्रतियोगीता संयोजक मणिराज गौतमले बताए ।
प्रतियोगिता अन्तर्गत सर्वश्रेष्ठ कोच किङकम भेट्रान्सका राजकुमार पन्त, उत्कृष्ट फरवाड सरोज थापा, उत्कृष्ट गोलकिपर अमित प्रधान, उत्कृष्ट डिफेन्स सञ्जय राना मगर घोषित भएका थिए भने उत्कृष्ट मिडफिल्डर फ्रिडम फाईटरका उदय बहादुर गुरुङ घोषित भई जनही पाँच हजार नगद र ट्रफी प्राप्त गर्न सफल भए । 
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी फ्रिडम फाईटरका तेन्जिङ लामा घोषित भई नगद दश हजार सँगै ट्रफी प्राप्त गरे । 
बिजयी खेलाडीहरुलाई हेटौडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामाले पुरस्कार प्रदान गरेकी थिइन् ।
समापन समारोहमा शिक्षासेवी पूरण बहादुर जोशी, एन्फाका केन्द्रीय सदस्य टिका लामा, हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर ४ अध्यक्ष नवीन सिग्देल, वडा नम्बर ५ अध्यक्ष सुशील घिमिरे, वडा नम्बर ६ अध्यक्ष विष्णु बहादुर दाहाल,वडा नम्बर ७ अध्यक्ष दामोदर गौतम, वडा नम्बर ८ अध्यक्ष राम थापा, वडा नम्बर ९ अध्यक्ष शुकराम केसी, वडा नम्बर ११ अध्यक्ष जुना दाहाल, जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यलय प्रमुख माधव कोईराला, बागमती प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरी लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा मुख्य प्रायोजकका रूपमा हेटौँडा उपमहानगरपालिका रहेको थियो भने सह प्रायोजकका रूपमा हेटौडा स्कुल अफ म्यानेजमेन्ट रहेको थियो। विभिन्न पालिकाहरू, वडा कार्यालयहरू, संघसंस्था तथा समाजसेवी, फुटबल खेलप्रेमीहरुको सहयोग रहेको क्लबका अध्यक्ष रमेश उप्रेतीले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार