Email :- prastakhabar@gmail.com
Kailash-Jaado-Adv-1768357949.jpg

समाज

पहाडी भूभागका एकदुई स्थानमा वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1742086801.jpg

३ चैत, हेटौंडा । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय  वायुको समेत आंशिक  प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली,  लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कर्णाली र सुदूरपश्चिम  प्रदेशका एकदुई स्थानमा बिहानैदेखि चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। 
सुदूरपश्चिम  र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै अपराह्नको समयमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । 
आज राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।  साथै कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
तामाकोसीमा बस दुर्घटना: मृतकको संख्या ७ पुग्यो
625159004_207789116971944-1770713928.jpg

२७ माघ,हेटौंडा । काठमाडौँबाट ओखलढुंगा जादै गरेको यात्रुवाहक बस रामेछाप स्थित तामाकोशी नदीमा खस्दा सात जनाको...

ताप्लेजुङमा भूकम्पको धक्का महसुस
earthqck2-750x375-1-1770686730.jpg

२७ माघ, हेटौंडा । ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन...

सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद
siraha-karagar-1715299703-1770686260.jpg

२७ माघ, हेटौंडा । सिरहा कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएको छ । जिल्ला सुरक्षा समितिले...

एकदुई स्थानमा हल्का वर्षाको सम्भावना
16655388081665538808-1770685465.jpg

२७ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ । हाल तराई भूभागमा तुवाँलो लागेको छ भने...

कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद थप गर्ने निर्णय
cabinet-1-1024x500-1770639460.jpg

२६ माघ, हेटौंडा । जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगको...

'गोरे'लाई थप दश वर्ष कैद सजाय थप गर्ने फैसला
gore-1770638847.jpg

२६ माघ, हेटौंडा । ३३ किलो सुन तस्करी प्रकरण तथा सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले थप १० वर्ष जेल सजाय...

कांग्रेस केन्द्रीय अनुशासन समितिको संयोजकमा गुरुङ नियुक्त
Tara-Man-Gurung-1024x624-1770601274.jpg

२६ माघ, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको संयोजकमा तारामान गुरुङलाई नियुक्त गरेको छ...

इंग्ल्याण्डसँग नेपाल पराजित
20260209_071227-1770600471.jpg

२६ माघ, हेटौंडा । आईसीसी टी-२० विश्वकपअन्तर्गत आइतबार भएको रोचक खेलमा इंग्ल्याण्डसँग नेपाल पराजित भएको छ ।...

रेशम चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
resham-1032024031549-1332-1770600069.jpg

२६ माघ, हेटौंडा । रेशम चौधरीको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।  उनले दायर गरेको रिट...

थप समाचार