Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

मुस्लिम समुदायले आज ईद उल फित्र मनाउँदै

eid-bakar-eid-13-768x512-1743385168.jpg

१८ चैत, हेटौंडा । मुस्लिम समुदायले आज ईद उल फित्र अर्थात ईद मनाउँदै छन्। हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान-प्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ । 
ईद अल–फित्र इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व मानिन्छ, जुन रमजान महिनाको समाप्तिको संकेतस्वरूप मनाइन्छ। रमजानको अवधिमा धर्मनिष्ठ मुस्लिमहरूले प्रत्येक दिन बिहानको झिसमिसेदेखि साँझको सुर्यास्तसम्म रोजा (उपवास) राख्ने गर्छन्। यो महिना ईबादत, दान–पुण्य र सदाचारका लागि विशेष मानिन्छ। यस अवधिमा रोजा खोलेर परिवार र मित्रसँग रमाइलो गर्ने परम्परा पनि रहिआएको छ भने आफ्नो गक्षअनुसार दान दक्षिणा गरेर पुन्य कमाउने काम पनि अधिक हुन्छ। 
सामान्यतया इद को अर्थ खुसी हो। एक महिना रमजानको व्रत बसेको र यस महिनामा आफुलाई इस्लाम धर्मले बर्जित गरेको कामबाट अलग राख्न सकेको तथा धेरै भन्दा भन्दा धेरै पुन्यको काम गरेको खुसीमा ईदको खुसियाली मनाउने गरिन्छ । विशेषगरि बिहान ईदको नियतले नुहाएर सफा र पवित्र भएर मानिसहरु नजिकैको खुला मैदान वा तोकिएको खुला स्थानमा पुगेर ईदको नमाज पढ्ने गर्दछन। 
ईदको नमाज पढ्नुअघि गक्ष भएकाहरुले तोकिएको निश्चित रकम (जकात फित्रा) अर्थात दानको रुपमा छुट्याउने गर्दछन र यस्तो रकम आफु निकटको सबै भन्दा बढी गरिबमाझ वितरण हुने गर्दछ। 
त्यस्तै, ईदको नमाज पढेपश्चात मानिसहरु एक आपसमा गला मिलाएर एक अर्कालाई ईदको शुभकामना दिने गर्दछन भने एक अर्कासंग माफी लिने दिने गर्दछन।  ईदको शुभकामना दिन आउनेलाई प्रत्येक घरले मीठो मसिनो जे उपलब्ध छ त्यो खुवाएर सत्कार गर्ने गर्दछन् ।
नेपालमा सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा सार्वजनिक बिदा दिएर यसलाई राष्ट्रिय पर्वको रुपमै महत्व दिएको छ । आज सार्वजनिक बिदा दिइएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

प्रतिनिधिसभाबाट दुई विधेयक पारित
Screenshot_20260628_16321-1782643807.jpg

१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

ब्राउन सुगरसहित दुईजना पक्राउ
Screenshot_20260617_08504-1782611043.jpg

१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...

इंग्ल्यान्डद्वारा पनामा पराजित
01kw5kekmm8r1c2pnqw1-1782610681.jpg

१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1782610085.jpg

१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

थप समाचार