२२ चैत, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा राष्ट्रिय व्यवसायिक योग्यता प्रणाली कार्यान्वयन र सीप परीक्षण सम्बन्धी छलफल तथा अन्तरक्रिया भएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा उक्त छलफल भएको हो ।
सीप जानेका तर प्रमाणपत्र नलिएका दक्ष जनशक्तिहरुको पहिचान र उनीहरुको सीपलाई बजारीकरणको लागि कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजनाका प्रदेश प्रबन्धक सुकबहादुर चौधरीले सीप परीक्षण तथा प्रमाणीकरणमा र हाम्रो भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले नेपालमा प्राविधिक शिक्षा, तालिम दिने संस्था र कार्यक्रमको वर्तमान अवस्थाबारे समेत जानकारी दिएका थिए । नेपालमा वार्षिक एक लाख १४ हजार दक्ष जनशक्ति उत्पादन हुने गरेको बताउँदै गाउँपालिका भित्र रहेका सीपमूलक काम गरिरहेका जनशक्तिको सीप परीक्षणको प्रक्रिया र तालिमका साथै श्रम बजारबारे बताएका थिए ।
अहिले हामीले वार्षिक तीन पटक सीप परीक्षण गर्दछौं, चौधरीले भने । हाल सम्म सरदर साढे सात लाखले आवेदन दिए पनि सात लाखको सहभागिता हुने गरेको छ जसमा पाँच लाखले प्रमाणपत्र प्राप्त रहेको उनले बताए । 'प्रमाणपत्र प्राप्त गर्ने मध्ये ४६.८७ प्रतिशत महिलाहरु रहेका छन्', उनले भने ।
उनले सीप परीक्षणमा चुनौति समेत रहेको बताए । जनशक्तिलाई कसरी प्रमाणित गर्ने ? प्राविविधक शिक्षा कसरी परिणाममुखी बनाउने ? यूवाको योग्यतालाई कसरी सीपलाई जोड्ने भन्ने विषय रहेको बताए । प्राविधिक शिक्षा र साधारण शिक्षा बीचको तालमेल मिलेको छैन, सीप छ तर प्रमाणपत्र छैन त्यसैले पनि समस्या रहेको चौधरीले बताए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले पालिकाभित्र रहेका सीप जानेका तर प्रमाणपत्र नलिएका जनशक्तिलाई सीप परीक्षणमा सहभागिता जनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिनुका साथै रोजगार सिर्जना हुनाले सीपलाई परीक्षण गरिनुपर्नेमा उनको जोड रहेको थियो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल, बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका लेखा अधिकृत ईन्द्रप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सचिव, शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


















