२४ चैत, हेटौंडा । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।
त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो ।
भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मनुभएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेका थिए । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम रामनवमी पर्व मनाउनुको महत्व रामजस्तै मर्यादित, अनुशासित र नियन्त्रित राज्य सञ्चालकको आशा गरेको बताउँछन् ।
“जसलाई अहिले पनि रामराज्य भनिन्छ, रामको राज्यबाट जसरी सारा मानिस खुसी थिए, अहिलेका शासकले त्यस्तै बन्न सक्नुपर्छ, त्यसबेला जनता पनि अनुशासित, मर्यादित र नियन्त्रित थिए, यसैले रामलाई मर्यादा पुरुषोत्तम भनिन्छ, हामीले यसलाई अनुसरण गर्न सके मात्र यो पर्व मनाउनुको अर्थ हुन्छ”, उनले भने ।
रामनवमीको महत्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ । यस अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजा, पाठ एवं आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ ।
१७ बैशाख, हेटौंडा । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य शुरु गरेको छ । बुधबारदेखि १५ दिनमै...
१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...
१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
१६ बैशाख, हेटौंडा । उच्च अदालतको न्यायाधीशमा जितेन्द्र बाबु थपलिया नियुक्त भएका छन् । न्याय परिषदका प्रवक्ता...
१६ बैशाख, हेटौंडा । नेपाली कम्युनिष्ट पार्टीले बाम एकताको लागि आह्वान गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा...
१६ बैशाख, हेटौंडा । शिवम् सिमेन्ट्स लिमिटेडले रोल्पाका १२ वर्षीय बालक सन्देश बुढा मगरको शिक्षाका लागि...
१६ बैशाख, हेटौंडा । वर्षाका कारण बिपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ । काभ्रे जिल्लाका विभिन्न स्थानमा...
१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...
१५ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार रुपैयाँ घटेको हो । आज छापावाल...
४ वैशाख , हेटौंडा । मकवानपुरमा भएको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ...
१० बैशाख , हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियांको प्रमुख राजनीतिक सल्लहाकारमा दामोदर...
३ बैशाख, हेटौंडा । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज मनोनयन दर्ता हुँदै छ । संघीय संसद्...
३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशको हिमाली भू-भागमा साधारणतया...
४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको...
७ बैशाख, हेटौंडा । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय...
९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली भूभागमा...
३ बैशाख, हेटौंडा । इरानको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन् । बुधबार उनलाई इरानले मुक्त गरेको...
७ बैशाख, हेटौंडा । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४...









-1777363227.png)








