आय तथा व्यय सार्वजनिक गरिदै
३० चैत हेटाैडा । हेटाैडा ६ शान्तिटाेल विकास संस्थाले फागुन ७ गतेदेखि १५ गतेसम्म आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आम्दानी सार्वजनिक गरिएको छ।
शनिबार बिहान एक समारोहका बीच महायज्ञको आय तथा व्यय सार्वजनिक गरिएको हो। सार्वजनिक गरिएको विवरणमा टोल विकासले महायज्ञबाट १७ लाख ४४ हजार बचत गरेको छ।
सप्ताहकाे आयब्यय विवरण शनिवार संस्थाकाे कार्यालय शान्तिटाेलमा पत्रकार सम्मेलनकाे आयाेजना गरि सार्वजनिक गरिएको हाे । सप्ताहमा विभित्र दाताहरुबाट २७ लाख ११ हजार, ४२५ कलश विक्रीबाट १ लाख २१ हजार ८ सय , धान बिक्रीबाट ७४ हजार ४ सय, घण्टी दानबाट ३६ हजार १ सय , ब्रम्हाण भाेजनबाट २७ हजार ७७५, दानपेटीकाबाट ३० हजार २५०, चामल विक्रीबाट ७ हजार ५ सय र अन्य आम्दानी १७ हजार ६४६ गरि कुल ३० लाख २६ हजार ८९६ आम्दानी भएकाे छ ।
यसैगरी ब्रम्हाण दानमा १ लाख ४० हजार, कलाकार पारिश्रमिकमा १ लाख २७ हजार, छपाईमा २ लाख ३३ हजार, साउण्ड सिष्टममा ९५ हजार, रामनामी खरिदमा ८० हजार, कलश खरिदमा ९६ हजार, टेण्ट भाडामा १ लाख ४७ हजार खर्च भएकाे छ ।
यसैगरी रुद्राक्ष माला खरिदमा ४० हजार, पूजा सामान खरिदमा ३१ हजार, सामान खरिदमा ३९ हजार, कपडा खरिदमा ३६ हजार, बाजामा २३ हजार, भजनटाेलीमा १५ हजार, सरसफाइमा १५ हजार, प्रचार प्रसारमा २० हजार र विविधमा १ लाख ४७ हजार ४८० खर्च भएकाे काेषाध्यक्ष पूर्णभद्र चाैलागाईले बताएका छन् ।
बाँकी रहेकाे रकमले हेटाैडा ६ मा रहेकाे विपी गणेशमान स्मृति शान्तिपार्कमा ज्येष्ठ नागरिक भवन र राधाकृष्ण मन्दिर निर्माण गरिने संस्थाले जनाएकाे छ ।
शान्तिटाेल टाेल विकास संस्थाका अध्यक्ष केशव धितालकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा भूमि आयाेग मकवानपुरका विज्ञ सदस्य अर्जुनप्रसाद चाैलागाई, नेकपा एमाले हेटाैडा ६ का अध्यक्ष विश्वराज राई, ज्येष्ठ नागरिक मञ्च हेटाैडा ६ का अध्यक्ष बासुदेव सापकोटा , मुनलाईट ईन्टरनेशनल स्कूलका प्रवन्ध निर्देशक भरत सापकाेटा, स्थानीय, पत्रकार लगायतकाे सहभागिता रहेकाे थियाे ।
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


















