६ बैशाख, हेटौंडा । आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा अफगानिस्तान तालिकाको शीर्ष स्थानमा रहँदै यु-१९ विश्वकपमा छनोट भएको छ। नेपालले जित्नै पर्ने खेल वर्षाले खेल रद्द हुँदा दुवै टिम अंक बाँढेपछि नेपाल विश्वकप छनौटबाट बाहिरिएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले खेल बिहान ९ बजेबाट तल्लो मूलपानी क्रिकेट रंगशालामा ९:३० बजे शुरु गर्ने कार्यतालिका रहेको थियो। तर २० ओभरको खेल हुने समयमा पनि मैदान भिजेको भएका कारण खेल हुन सम्भव भएन । योसँगै अफगानिस्तानले जिम्बाबे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने २०२६ को विश्वकपमा स्थान बनाएको छ।
शुक्रबार रातिदेखि नै काठमाडौँका अधिकांश स्थानमा वर्षा भएको थियो। साथै आज बिहान पनि वर्षा निरन्तर हुँदा मैदान भिजेको थियो । मैदानको कभर पनि हटाएर पटक-पटक अम्पायरले ग्राउन्ड चेक गरेपनि भिजेको आउटफिल्ड सुकाउन सम्भव भएन।
सुपर सापर एउटा मात्रै हुँदा ग्राउन्ड स्टाफले कपडा, स्पोन्स र जुडका बोरा प्रयोग गरेर आउटफिल्डमा जमेको पानी हटाउने प्रयास गरेका थिए तर सकेनन्। अम्पायरले १:३० बजे मैदान निरीक्षण गरेर फर्किएका थिए। २ बजे पनि खेल हुन नसक्ने बताएसँगै खेल रद्द भयो।
समान ६ अंक रहे पनि अफगानिस्तान नेट रनरेटमा नेपालभन्दा अगाडि थियो। यो खेल रद्द भएकोले दुवै टोली अंक बाँडेका छन्। नेट रनरेटमा अगाडि भएको कारण सात अंकसहित अफगानिस्तान विश्वकप २०२६ मा छनोट हुन सफल भएको छ ।
६ जेठ, हेटौंडा । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । जिल्ला प्रहरी...
६ जेठ, हेटौंडा । अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन्। मंगलबार अपरान्ह बैठक बस्ने...
६ जेठ, हेटौंडा। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ मार्खुमा भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञानले...
६ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले मौसम बदली भएको छ । हालको वदलीमा बंगालको खाडी र...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक ११ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा...
६ जेठ, हेटौंडा । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई...
६ जेठ, हेटौंडा । साउदी अरेबियाको मक्का र मदीना हज गर्न जान लागेका नेपाली हजयात्रीहरूलाई त्रिभुवन...
५ जेठ,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा अध्यक्षसँग किशोरकिशोरी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको...
५ जेठ,हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-५ डिल्लीपुरबाट विगत केही दिनदेखि हराइरहेका एक युवक मृत अवस्थामा...
२७ बैशाख,हेटौंडा । हेटौंडा ८ मा सुमोको ठक्कर दिदाँ एक जना पैदलयात्री गम्भीर घाइते भएका छन्। शनिबार बिहान...
२५ बैशाख,हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाली नक्कली नोट सहित एक जना पक्राउ परेका छन्।मकवानपुर...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ को सिमाना फाट्मा शुक्रबारबाट जमीन भासिएर...
३ बैशाख, हेटौंडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवस मनाएको छ। दिवसको अवसरमा...
२५ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडा ८ कमानेमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन भने ठक्कर दिएर...
३१ बैशाख, हेटौंडा । सोलुखुम्बु केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बुधबार साँझ ६ बजेर ११ मिनेट जाँदा...
५ जेठ,हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-५ डिल्लीपुरबाट विगत केही दिनदेखि हराइरहेका एक युवक मृत अवस्थामा...
१ जेठ, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले कक्षा ८ सम्म आफ्नो स्थानीय पाठ्यपुस्तक "हाम्रो कैलाश" ...
२७ बैशाख, हेटौंडा। सामूदायिक वन उपभोक्ता महासंघ नेपाल(फेकोफन) मकवानपुरको प्रथम जिल्ला परिषद् सम्पन्न भएको...