Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा खानेपानी बोर्डको १२ वार्षिक उत्सव: विभिन्न व्यक्तिलाई सम्मान

GridArt_20250522_14234029-1747903254.jpg

८ जेठ, हेटौंडा।  हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको आफ्नो  १२ औँ वार्षिक उत्सव बिहीबार मनाएको छ। बोर्डका अध्यक्ष प्रताप विष्ट को सभाध्यक्षता, हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता, मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको विशिष्ट आतिथ्यमा बोर्डले १२ औ वार्षिक उत्सव मनाएको हो।
वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेयर लामाले  नागरिकको अपेक्षाअनुसार विकास निर्माण र सेवा प्रवाहमा ध्यान दिनुपर्ने कुरामा जोड दिइन्। उनले नागरिकका हक अधिकारप्रति राज्यका संरचनाहरू जिम्मेवार र उत्तरदायी भएर काम गर्नुपर्ने समय आएको बताएकी हुन्। उनले नगरभित्र न्यूनतम् १० युनिट सम्म सम्म पानी खपत गर्ने घरधुरीको शुल्क मिनाह गरिएको स्मरण गराइन्। कार्यक्रममा बोर्डका कर्मचारी, अधिक महसुल भुक्तानीकर्ता र पानी चुहावटबारे सूचना दिने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। 
कार्यक्रममा बोर्डले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नगदसहित कर्मचारीहरू सब–इन्जिनियर प्रवीण कडरिया, प्लम्बर उपेन्द्रप्रसाद आचार्य, कनिष्ठ सहायक दीपिका केसी र सृजना अर्याल, मिटर रिडर सृजना पुलामी, प्रकाश श्रेष्ठ, तारादेवी थिङ, फिल्ड सहयोगी अशोक चौलागाई, सुनिल राई र सञ्जीव थिङ, सहयोगी किशोर पोखरेल, पम्प सहयोगी ईश्वर लामिछाने, कृष्णप्रसाद बस्ताकोटी, भूपेन्द्र सिलवाल, द्रोणकुमार धमला र पाल्साङ बल, चौकीदार तीर्थ मोक्तान, प्रकाश तामाङलाई सम्मान गरिएको थियो । त्यस्तै नियमित तथा अधिक खानेपानी महसुल भुक्तानी गर्ने हेटौँडा सामुदायिक आँखा अस्पताल, हेटौँडा–४, पारिजात पथका तुलसीराम लामिछाने, हेटौँडा–१९, बस्तीपुरका महेशदेव भट्टराई, हेटौँडा–१८, हर्नामाडीका प्रेमबहादुर कार्की, हेटौँडा–१६, हटियाका प्रकाश पुरी, हेटौँडा–१४, बनेल धापका लक्षबहादुर थपलिया र हेटौँडा–४, हुप्रचौरका राजु शिवाकोटीलाई सम्मान गरिएको थियो ।

बोर्डले पानी लिकेज चुहावटसम्बन्धी सूचना दिने तथा सरोकारवालाहरूबिच सौहाद्र्धपूर्ण वातावरण निर्माण गर्न सहयोग गर्ने सूचनादाताहरू हेटौँडा–१९, बस्तीपुरका श्याम रिमाल, हेटौँडा–१६, हटियाका बद्री दाहाल, हेटौँडा–१८, हर्नामाडीका हर्क रम्तेल, हेटौँडा–८, कमानेका राम बहादुर दुलाल, हेटौँडा–७, न्यूरेनीका सुनिल शिवाकोटी, हेटौँडा–१४, बनेलधापका कृष्णबहादुर गोले, हेटौँडा–१५, रातोमाटेका भरत निरौलालाई सम्मान गरिएको थियो ।
हेटौँडा–१६, हटियामा स्वयंसेवी रूपमा पानी ट्याङ्की सञ्चालन गर्दै आएका शक्तिडाँडाकी मन्जुदेवी भुजेल, घ्याम्पे डाँडाका धनबहादुर पुलामी, जरुङडाँडाका हस्तबहादुर गोले र घ्यामेडाँडा पश्चिमकी नन्दमाया थापा मगरलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रममा खानेपानी संस्थानको हेटौँडास्थित कार्यालय बोर्डमा हस्तान्तरणपछि बोर्डमा हस्तान्तरण भएको पहिलो उपभोक्ता समिति हेटौँडा–१४, मयूरधापस्थित मयूरधाप खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष गोपालबहादुर थपलियालाई सम्मान गरिएको थियो । कार्यक्रममा बागमती प्रदेश खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयका सचिव मोहन कुमार शाक्य, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारू मगर, हेटौडा ११ की वडाध्यक्ष जुना दाहाल, हेटौडा २ का वडा अध्यक्ष कृष्ण गोपाल महर्जन, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका सदस्य इन्द्र नेपाल लगायतले मन्तव्य व्यक्त गरेका थिए। वार्षिकोत्सवमा बोर्डका निमित्त प्रमुख विष्णुप्रसाद सापकोटाले प्रगति विवरण प्रस्तुत गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार