Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चुच्चेखोला वनद्वारा बार्षिकोत्सवमा सम्मान

Chuchekhola-1519746136.jpg

१५ फागुन, हेटौँडा । स्थापनाको २८ औ वार्षिकोत्सवको अवसरमा हेटौडा–६, चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले विभिन्न विधाका उत्कृष्ठ उपभोक्ता एवम विभिन्न संघसंस्थालाई सम्मान गरेको छ । 
संचारकर्मी भीमसेन पौडेल, गैरसरकारी संस्था जिओलोजिकल सोसाईटी अफ लण्डन, कुखुरा व्यवसायी प्रविण गौतम, कृषक बद्रीप्रसाद तिमल्सिना, कराते खेलाडी विमला डंगोल, उद्योगी राजुकुमार श्रेष्ठ,पशुपालक प्रेमप्रसाद दाहाललाई सम्मानित गरिएको थियो । यसैगरी पूर्वअध्यक्ष उदय विडारी,देवप्रसाद घिमिरे, चेतनाथ चौलागाई, पूर्व उपाध्यक्ष रामप्रसाद घिमिरे, पूर्व कोषाध्यक्ष माधवप्रसाद पराजुली, पूर्वसदस्य नकुल लम्साल, राजु पन्त, वन प्राविधिक विशाल भट्टराई,उत्तमबहादुर कटुवाल, श्रीकृष्ण न्यौपाने, यदुकमार घिमिरे, मधुसुदन देवकोटा, रमेशप्रसाद घिमिरे,शर्मिला सिलवाल, उपभोक्ता मुक्तीनाथ गौतम लगायतकालाई सम्मान गरिएको थियो । 
जिल्ला वन अधिकृत प्रल्हाद प्रसाद धितालको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष अर्जुनप्रसाद दाहालको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ,मकवानपुरकी अध्यक्ष पञ्चमाया स्याङतान, फापरवारी सेक्टर वन कार्यालयका प्रमुख राजेन्द्रमान राजभण्डारी, जेडएसएलका प्रकाश सिग्देल, रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी,ज्योति सामुदायिक वनका अध्यक्ष रामबाबु खतिवडा, हिमाल महिला बहुउद्धेश्यीय सहकारीकी अध्यक्ष जानकी दाहाल, समूहका पूर्व अध्यक्ष उदय विडारी,देवप्रसाद घिमिरे, सहसचिव केशवप्रसाद रेग्मी,कार्यालय सचिव केदार गौतम लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 
यो समूह मकवानपुरको पहिलो हस्तान्तरित सामुदायिक वन हो । समूह २०४७ साल फागुन १५ गतेका दिन वन कार्यालयले हस्तान्तरण गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार