Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पालुङ बस दुर्घटना अपडेट : थप एकजनाको मृत्यु, मृतकको संख्या ३ पुग्यो

Screenshot_20250526_21135-1748303209.jpg

१३ जेठ, हेटौंडा। सोमबार अपरान्ह त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको थाहानगर ३ पालुङमा बसको ठक्करबाट गम्भीर घाइते २ मध्ये थप एकजनाको मृत्यु भएको छ। योसंग सो घटनामा ज्यान गुमाउने संख्या ३ पुगेको छ।

सोमबार अपरान्ह बज्रबाराहीको गोपाली गाँउबाट थानाबजार तर्फ जादै गरेको बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल भई  सडकमा हिडिरहेका ६ जनालाई ठक्कर दिएको थियो ।

ठक्करबाट स्थानीय झम्केश्वरी मा विका शिक्षक लोकेन्द्रकुमार ठाकुर र लेखापढी गर्ने कृष्ण बलामीको ज्यान गएको थियो । ठाकुर र बलामिको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारको क्रममा मृत्यु भएको थियो। त्यसैगरी झम्केश्वरी मा वि कै शिक्षक रघुनन्दन यादव र कमलेश शाह गम्भीर घाइते भएका थिए। गम्भीर घाइते यादवको उपचारको क्रममा ट्रमा सेन्टर काठमाडौंमा ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । उक्त घटनामा बाराको जितपुर सिमरा घर भएका अन्दाजी ३२ वर्षीय छेयाङ दोर्ज लामा र बाराको कोल्वी घर भइ झम्केस्वरी मा वि मै पढाउने शिक्षक अन्दाजी ३० वर्षीय रामगुलाम चौधरी घाइते भएका छन्। घाइते दुवैको पालुङमा उपचार भइरहेको छ। ठक्कर दिने बस तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। बसले थाहानगरका उप प्रमुख भरत गोपालीको घरमा समेत क्षति पुगेको छ। बस पैदलयात्रीलाई ठक्कर दिएर घरको पर्खालमा ठोक्किन पुगेको थियो। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

थप समाचार