२२ जेठ, हेटौंडा । विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवसीय खेलमा नेपाल लगातार दोस्रो खेलमा जित निकाल्न सफल भएको छ। बुधबार भएको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित सहित अंक तालिकामा १४ खेलबाट १० अंक बनाउन सफल भयो।
स्कटल्याण्डको डन्डी स्थित फोर्थहिल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले दिएको २ सय २६ रनको लक्ष्य पछ्याएको नेपालले उक्त लक्ष्य ४७.१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। नेपालका लागि आरिफ शेखले ९९ बलमा ७ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ७८ रनको इनिङ खेल्दा दिपेन्द्र सिंह ऐरीले ३८ रन बनाएर अविजित रहे। उनलाई गुल्सन झाले ११ रन बनाएर साथ दिए।
त्यसअघि कप्तान रोहित पौडेलले २३ रन बनाउँदा आसिफ शेखले १९ र कुशल भुर्तेलले २५ रन बनाएर आउट भएका थिए। डच टोलीका लागि माइकल लेभिटले २ विकेट लिंदा भिभियन किंगमा र पउल भान मिकरेनले समान १-१ विकेट लिएका थिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको डच टोली ४९.१ ओभरमा अलआउट हुँदै २ सय २५ रनमा समेटियो। नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्डले ४६ रन बनाउँदा नोच क्रोएसले ४८ रन बनाएका थिए। त्यस्तै विक्रमजित सिंहले ३८ रन बनाउँदा जाच लियोन क्याचेटले २७ रन बनाए।
त्यस्तै तेजा निदामनुरुले १३ रन बनाउनु बाहेक रोलअफ भान डेर म्यार्युले २१ रन बनाएका थिए। नेपालका लागि सोमपाल कामीले ३ विकेट लिंदा करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान २-२ विकेट लिए ।
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...


















