Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

आज फागु पुर्णिमा देशभर मनाइदै

Holi-1519869211.jpg

१७ फागुन, हेटौँडा । आज फागु पुर्णिमा अर्थात होली देशभर मनाइदैछ । वसन्त ऋतुको आगमनसंगै रङ्ग खेलेर उल्लासपुर्ण रुपमा आज देशभर होली पर्व मनाइदैछ । यस पर्वलाई मेलमिलाप, आपसी भाईचारा र सद्भावको सन्देश प्रवाह गर्ने विशेष अवसरका रुपमा मनाइन्छ ।

नेपालमा पहाड र तराई क्षेत्रमा छुट्टाछुट्टै दिनमा होली मनाउने गरिन्छ । हिन्दू संस्कृतिमा प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन होली मनाइन्छ । फाल्गुण महिनामा पर्ने भएकोले यस पर्वलाई तराईतिर फगुवा भनिन्छ । यो पर्व नेपाल, भारत तथा अन्य हिन्दु संस्कृति मनाउने राष्ट्रहरुमा मनाइने महत्वपूर्ण पर्व हो । होलीका दिन एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हानेर रङ्गिन बनाउने बन्ने गरिन्छ ।

परम्परा अनुसार वसन्तपुरमा विधिपूर्वक चिर ठड्याइएपछि फागु पर्व सुरु हुन्छ । हनुमानढोका दरवारको गद्दि बैठक दक्षिणमा तीनतले चीर ठड्याइन्छ । यसो गरेपछि फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । असत्यमाथि सत्यको विजय भएको मान्यताका साथ प्रतिकात्मक रूपमा चिर उठाउने र एकसातापछि फागु पूर्णिमाका दिन सो चिर ढालिन्छ । पछि त्यसलाई टुँडिखेल पुर्याएर दहन गरिन्छ । चिर ढालिनु अघि अन्तिममा दर्शन र पूजा गर्ने परम्परा रहेको छ । चीर दाहपछि बनेको खरानीलाई प्रसादका रूपमा घर लैजाने चलन छ । त्रेतायुगमा हिरण्यकश्यपु नामको दानवका प्रल्हाद नाम गरेका छोरा थिए । उनी भगवान् बिष्णुका भक्त थिए । उनलाई मार्न हिरण्यकस्यपु स्वयंले धेरै प्रयास गरे तर केहीगर्दा पनि नसकेपछि आगोले समेत जलाउन नसक्ने वरदान पाएकी होलिका नाम गरेकी राक्षसनी जो हिरण्यकस्यपुकी बहिनी थिइन, प्रल्हादलाई मार्ने आदेश दिएर पठाए । होलिकाले प्रल्हादलाई काखमा लिएर आगो होमिइन् तर आगोले प्रल्हाद वरु केही भएनन्, होलिका नै जलेर नष्ट भइन् । हिराण्यकश्यपुलाई पनि भगवान विष्णुले पछि नरसिंह अवतार लिएर मारे ।

यसरी होलिका दहन भएपछि भोलिपल्ट बिहान रङ्ग घोलेर एक अर्कामाथि लगाईदिने चलन छ । यहि पौराणिक घटनाकी होलिका नामककी राक्षसनीको वध भएको दिनको रुपमा होली खेल्ने चलन सुरु भएको किम्वदन्ती रहेको छ । होलीमा रातो, हरियो, पहेंलो, निलो सहित बाँकी सवै प्रकारका रङ्गको प्रयोग गरिन्छ । रातो टिका लगाएर खुसियाली मनाइन्छ । आजको दिनलाई पर्व विदाका रुपमा सार्वजनिक विदा दिने गरिन्छ । काठमाडौं उपत्यका र पहाडी जिल्लामा पुर्णिमाकै दिन र त्यसको भोलिपल्ट तराईका जिल्लामा होली खेलिने भएकोले त्यहि अनुसार विदा दिने चलन छ ।

अर्को पौराणिक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाईमार्न स्तनमा बिष दलेर दूध खुवाउन गएकी पुतना नामकी राक्षसनीलाई कृष्णले उल्टै मारिदिएको र पुतनाको भयंकरठुलो शवलाई गोपालवासीहरूले आजैकै दिन जलाएर जयजयकार गर्दै रङ्गहरुको जात्रा गरेकोर खुसियाली मनाएको मानिन्छ । यसरी होली पर्वको वर्णन धेरै धार्मिकग्रन्थहरुमा गरिएको पाइन्छ । विशेषगरी नारदपुराण र भविष्य पुराणमाहोलीको प्राचीनताबारे उल्लेख गरिएको छ ।

होलीकोदिन युवायुवतीहरू गीत गाउँदै नाच्दै रङ्गलगाइदिएर होली खेल्छन् । यस पर्वमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवतीतथा प्रौढहरू समेत हुल बाँधेर एक अर्कालाई रङ्ग लगाउँदै हिड्ने गर्दछन् । होलीमा प्रयोग गरिने नीलो रंगलाई धर्मयुद्धको प्रतीक मानिन्छ । त्यसैले नीलो वर्णका श्रीहरि बिष्णुले अधर्म नास गर्न तथा धर्म रक्षाका लागि युगअनुसार अवतार लिंदै आउने धार्मिक विश्वास रहेको छ । पहेंलो रङ्ग श्रीकृष्णको प्रियरङ्ग हो । रातो रंगलाई भने शक्ति र सौभाग्य सूचक मानिन्छ त्यहि भएर प्राय: देवताहरूलाई रातोरंगका पहिरनमा देखाइन्छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार