Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

को को रहलान् मूख्यमन्त्री पौडेलको सचिवालयमा ?

Dormani-Paudel-1511537003-1519885538.JPG

१७ फागुन, हेटौँडा । मूख्यमन्त्री डोरमणी पौडेलको सचिवालयमा को को रहलान् भन्ने चासो अहिले हेटौँडामा चर्चाको विषय बनेको छ ।

बलियो सचिवालयले मात्रै मूख्यमन्त्रीको कार्यकाल सफल हुने भएकाले पनि यसबारे धेरैको चासो बढेको हो । तर पनि अहिलेसम्म पौडेलले सचिवालयमा कसैलाई पनि औपचारिक रुपमा नियुक्त गरेका छैनन् । मूख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य, प्रमुख प्रतिपक्ष दलका नेता लगायतले पाउने सेवा सुविधाबारे कानून नबन्दा पौडेललाई सचिवालय गठनमा समस्या परेको छ । सेवा सुविधासम्बन्धी कानून मन्त्रालयले पाईपलाईनमा राखेकाले अब छिट्टै यो संसदमा पुग्ने देखिन्छ ।

तर पनि पौडेलको सचिवालयमा रहन अहिलेदेखि नै दौडधुप, भनसुन शुरु भईसकेको एमाले स्रोतको भनाई छ । ‘सेवा सुविधासहितको पद भएकाले दौडधुप हुन स्वभाविक छ ।’–ति नेताले भने–‘तर कस्तो मान्छेलाई सचिवालयमा राख्ने भन्ने मूख्यमन्त्री र पार्टीले निर्णय गर्ने विषय हो ।’ अहिले पौडेलको सहयोगीको रुपमा अनुप पौडेलले काम गरिरहेका छन् । कानून बनेपछि उनी स्वकीय सचिव बन्ने निश्चित छ ।

मूख्यमन्त्रीले राजनैतिक सल्लाहकार पनि राख्न सक्ने भएकाले यसमा धेरैको चासो छ । तर एमाले स्रोतका अनुसार एमाले नेता श्रीधर पोखरेल राजनैतिक सल्लाहकार बन्ने सम्भावना बलियो छ । अर्का नेता एकलाल श्रेष्ठको नाम पनि चर्चामा रहेपनि उनले आफुले यसबारे कुनै चासो नराखेको बताए । राजनीतिमा लामो अनुभव, हेटौंडा सिमेन्ट उद्योगको अध्यक्ष पनि भईसकेको र अहिलेको निर्वाचनमा एमालेलाई अहिलेको सफलता दिन उनको भूमिका महत्वपूर्ण रहेकोले पोखरेलको सम्भावना बलियो रहेको एमालेवृत्तमा चर्चा छ ।

त्यसैगरी, अहिले प्रेस सल्लाहकार बन्न पनि एमाले निकट पत्रकारहरुमा दौडधुप छ । एमाले पत्रकारमध्ये धर्मेन्द्र दाहाल, प्रकाश दाहाल, रामकुमार एलनको नाम चर्चामा छ । तर स्रोतका अनुसार धर्मेन्द्रको सम्भावना बलियो देखिन्छ । प्रेस चौतारीको केन्द्रबाट पनि यसमा चासो रहेकाले अन्तिम समयसम्म के हुन्छ अहिले नै भन्न नसकिने एमाले निकट एक पत्रकारको भनाई छ । सचिवालयमा एकजना महिला नेतृको पनि चर्चा छ ।

राजनीतिमा नदेखिएका तर आफ्नो क्षेत्रमा दक्षता हासिल गरेका केही गैरराजनीतिक अनुहार पनि पछिल्लो समय सचिवालयमा रहन दौडधुपमा रहेका छन् । एमाले जिल्ला सचिव एवं प्रवक्ता एकलाल श्रेष्ठले भने पार्टीमा मूख्यमन्त्रीको सचिवालयबारे कुनै छलफल नभएको बताए । उनले यो मूख्यमन्त्रीको अधिकार भएकाले पार्टीसंग सल्लाह मागे मात्रै दिन सकिने बताए । चर्चामा रहेका नामबारे पनि कुनै जानकारी नभएको उनको भनाई थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

थप समाचार