Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

खेलकुद

नेपाललाई हराउँदै स्कटल्याण्डद्वारा सिरिजको उपाधि कब्जा

20250621_065401-1750468162.jpg

७ असार, हेटौंडा । नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ । आयोजक स्कटल्यान्डले नेपाललाई ३४ रनले हराउँदै उपाधि जितेको हो ।
स्कटल्याण्डले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा अलआउट हुँदै १५९ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि रुपेश कुमार सिंहले २२ बलमा ४३ रन बनाए पनि जितका लागि पर्याप्त भएन । यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३४ रन बनाए । यस्तै कप्तान रोहित पौडेल २७ रन बनाएर पेभेलियन फर्किएका थिए । ओपनर कुशल भुर्तेलले ४, आसिफ शेखले १४, भीम सार्कीले १२ र आरिफ शेखले ५ रन बनाए ।
स्कटल्याण्डका लागि क्रिस ग्रीव्सले तीन विकेट लिए । सफायान सरिफले दुई विकेट लिँदा ब्रान्डन म्याकमुलेन, मार्क वाट, माइकल लीस्कले एक/एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९३ रन बनाएपछि नेपालले १९४ रनको लक्ष्य पाएको थियो ।
स्कटल्याण्डका लागि जर्ज मुन्सेले शानदार अर्धशतक प्रहार गरे । उनले ७८ रन बनाए । यस्तै ब्रान्डन म्याकमुलेनले ४२ रन बनाए । माइकल लीस्कले नटआउट २६ र म्याथ्यू क्रसले १७ रन बनाए । कप्तान रिची बेरिङ्टन ९ रनमा आउट हुँदा मार्क वाटले पनि ९ रन नै बनाए ।
नेपालका लागि कुशल भुर्तेलले दुई विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले एक/एक विकेट लिए ।
सिरिजमा नेपाल, स्कटल्याण्ड र नेदरल्याण्डको समान ४ अकं भएपनि रनरेटमा अघि रहँदै स्कटल्याण्डले उपाधि जितेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
जिप दुर्घटनामा दुई जनाको मृत्यु
Accident-1762571731.jpg

२२ कार्तिक, हेटौंडा । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा जिप चालक दोलखा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1762570935.jpg

२२ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।   हाल गण्डकी प्रदेश र कर्णाली...

पुर्व मन्त्री तथा कांग्रेस नेता आलमको निधन
Screenshot_20251108_07313-1762566521.jpg

२२ कार्तिक, काठमाडौँ। मुटुमा समस्या देखिएर भेन्टिलेटरमा उपचारार्थ नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद एवं...

कैलाशमा बैंकिङ घुम्ती मार्फत ५०० बढीलाई भत्ता वितरण
IMG_20250128_153942-1762564736.jpg

२२ कार्तिक, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले बैंकिङ घुम्ती शिविर मार्फत ५ सय ३४ व्यक्तिलाई...

श्रीकृष्ण आधारभूत विद्यालयको अभिभावक भेला सम्पन्न
Screenshot_20251107_13515-1762502854.jpg

२१ कार्तिक, हेटौंडा । हेटौंडा-६ बारूतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयको १८ औं अभिभावक भेला सम्पन्न भएको छ...

सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढ्यो
Screenshot_20251007_11590-1762502598.jpg

२१ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी...

बकैया ११ मा भुसा बोकेको ट्रक पल्टिदा कान्तिलोकपथ अवरुद्ध
Screenshot_20251107_08055-1762482085.jpg

२१ कार्तिक, हेटौंडा। हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ अवरुद्ध बनेको छ।...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
Nepal-congress-1762479594.jpg

२१ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टी...

रास्वपाको विस्तारित बैठक आजदेखि शुरु हुँदै
RSP-Nepal-Swatantra-Party-1762479311.jpg

२१ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक आजदेखि सुरु हुँदै छ ।  चितवनको...

थप समाचार