Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कैलाशमा यस वर्षको एसइईमा ४५ जना उत्तीर्ण

IMG_20240320_154422-17109-1751247846.jpg

१६ असार, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाका ४५ जना विद्यार्थी एसईईमा उत्तीर्ण भएका छन् । शुक्रबार सार्वजनिक भएको नतिजाअनुसार पालिकाका ६ वटा विद्यालयबाट परीक्षामा सहभागी भएका १९४ जना विद्यार्थी मध्ये ४५ जना विद्यार्थी उत्तीर्ण भएका हुन् ।  
गतवर्षको तुलनामा यसवर्ष नतिजामा सुधार भएको गाउँ शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । पहिलो पटक पालिका भित्रै परीक्षा केन्द्र सञ्चालन भएसँगै नतिजामा सुधार भएको उनले बताए ।  गाउँपालिकाले शिक्षामा क्रमशः विकास हुँदै गइरहेको अवस्थामा आगामी वर्ष यसभन्दा बढी सुधार हुनेमा विश्वास व्यक्त गरे । परीक्षा केन्द्रलाई आगामी वर्ष अझै व्यवस्थित बनाइने बताएका छन् ।  
परीक्षामा सहभागी मध्ये १४९ जनाको एनजी आएको शिक्षा शाखाका प्रमुख समीर जोशीले बताए ।  गाउँपालिकामा २३.२ प्रतिशत विद्यार्थी उर्तिण भएका छन्, । ग्रेड वृद्धितर्फ ७७ जनाले परीक्षा दिएका मध्ये १८ जना उर्तिण भएका छन्, जोशीले भने । उत्कृष्ट जिपिए ल्याउने ४ जना विद्यार्थी मध्ये कालिका माविका छात्रा आयुष्मा घिसिङ (३.६५ जिपीए), सरस्वती नेगी (३.४७ जिपीए) ममता थिङ (३.४३ जिपीए) र व्यास माविका छात्रा सुमित्रा लो (३.२४ जिपीए) ल्याउँदै उष्कृष्ट बनेको प्रमुख जोशीले बताए ।गाउँपालिकाको कमलादेवी माविको २८ जना मध्ये १२ जना उर्तिण भएका छन् । त्यस्तै, भवानी माविको ४६ जना मध्ये ५ जना, व्यास माविको ४८ जना मध्ये ८ जना, धुवाङ माविको ९ जना मध्ये १ जनाले एसइइ उर्तिण गरेका छन् । यसैगरी कालिका माविका ४५ जना मध्ये १३ जना र रत्नज्योति माविका १८ जना मध्ये ६ जनाले एसईइ परीक्षा उर्तिण गरेको प्रमुख जोशीले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

थप समाचार