Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कैलाशमा यस वर्षको एसइईमा ४५ जना उत्तीर्ण

IMG_20240320_154422-17109-1751247846.jpg

१६ असार, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाका ४५ जना विद्यार्थी एसईईमा उत्तीर्ण भएका छन् । शुक्रबार सार्वजनिक भएको नतिजाअनुसार पालिकाका ६ वटा विद्यालयबाट परीक्षामा सहभागी भएका १९४ जना विद्यार्थी मध्ये ४५ जना विद्यार्थी उत्तीर्ण भएका हुन् ।  
गतवर्षको तुलनामा यसवर्ष नतिजामा सुधार भएको गाउँ शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । पहिलो पटक पालिका भित्रै परीक्षा केन्द्र सञ्चालन भएसँगै नतिजामा सुधार भएको उनले बताए ।  गाउँपालिकाले शिक्षामा क्रमशः विकास हुँदै गइरहेको अवस्थामा आगामी वर्ष यसभन्दा बढी सुधार हुनेमा विश्वास व्यक्त गरे । परीक्षा केन्द्रलाई आगामी वर्ष अझै व्यवस्थित बनाइने बताएका छन् ।  
परीक्षामा सहभागी मध्ये १४९ जनाको एनजी आएको शिक्षा शाखाका प्रमुख समीर जोशीले बताए ।  गाउँपालिकामा २३.२ प्रतिशत विद्यार्थी उर्तिण भएका छन्, । ग्रेड वृद्धितर्फ ७७ जनाले परीक्षा दिएका मध्ये १८ जना उर्तिण भएका छन्, जोशीले भने । उत्कृष्ट जिपिए ल्याउने ४ जना विद्यार्थी मध्ये कालिका माविका छात्रा आयुष्मा घिसिङ (३.६५ जिपीए), सरस्वती नेगी (३.४७ जिपीए) ममता थिङ (३.४३ जिपीए) र व्यास माविका छात्रा सुमित्रा लो (३.२४ जिपीए) ल्याउँदै उष्कृष्ट बनेको प्रमुख जोशीले बताए ।गाउँपालिकाको कमलादेवी माविको २८ जना मध्ये १२ जना उर्तिण भएका छन् । त्यस्तै, भवानी माविको ४६ जना मध्ये ५ जना, व्यास माविको ४८ जना मध्ये ८ जना, धुवाङ माविको ९ जना मध्ये १ जनाले एसइइ उर्तिण गरेका छन् । यसैगरी कालिका माविका ४५ जना मध्ये १३ जना र रत्नज्योति माविका १८ जना मध्ये ६ जनाले एसईइ परीक्षा उर्तिण गरेको प्रमुख जोशीले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार