१८ फागुन, हेटौँडा । प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणी पौडेलले कर्मचारी तन्त्र र पुराना कानुनका कारण समस्या भएको बताएका छन् । पौडेलले हालको प्रशासनिक संयन्त्र चित्तबुझ्दो नभएको गुनासो गरे । उनले प्राप्त गरेको राजनितिक परिवर्तन संस्थागत गर्न आफुहरुले जति स्पिडमा काम गर्न खोजे पनि पुराना कानुन र कर्मचारीको पुरातन प्रबृति बाधक भएको बताए । शुक्रबार विहान मकवानपुरको उद्योग वाणिज्य संघ, नारायणी यातायात व्यवसायी संघ र निर्माण व्यवसायी संघले संयुक्त रुपमा गरेको सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले राजनितिक परिवर्तन भएपनि कर्मचारी तन्त्रमा परिवर्तन नआएको गुनासो गरे । प्रदेशको समग्र विकासका लागी सबैको भूमिका उत्तिकै महत्वपूर्ण रहने बताउँदै मुख्यमन्त्री पौडेलले मिलेर काम गर्न आफु तयार रहेको बताए । कार्यक्रममा उद्योग पर्यटन तथा बन मन्त्री अरुण नेपालले राजनितिक क्रान्तिको चरण समाप्त भएको जिकिर गर्दै आर्थिक क्रान्ति गर्ने बेला आएको उल्लेख गरे । विगतमा अस्थाई सरकारका कारण विकासले फडको मार्न नसेको तर अबको स्थाई सरकारले आर्थिक विकासलाई गतिदिने उनेको दावी थियो । कार्यक्रममा नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, निर्माण व्यवसायी संघ मकवानपुरका बरिष्ठ उपाध्यक्ष बालकुमार मल्ल र मकवानपुर उधोग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले यातायात, निर्माण र उधोग तथा वाणिज्य क्षेत्रमा भएका समस्याहरुको समाधानका लागी पहल गर्न आग्रह गरेका थिए । मकवानपुर उधोग वाणिज्य संघका अध्यक्ष कटुवालको साभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर तीनका समाभुख सानुकुमार श्रेष्ठ, प्रतिनिधि सभा सदस्य कृष्ण दाहाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई तथा मकवानपुरका प्रदेश सांसद मुनु सिग्देल, कुमारी मोक्तान, प्रेमबहादुर पुलामी लगाएतलाई स्वागत तथा सम्मान गरिएको थियो ।
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















