२३फागुन, हेटौडा । हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीबाट विकट राक्सीराङ गाउँपालिका १ कोलगैरी हुँदै दुंगु दोभान पुग्ने मोटरबाटोको बुधबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । नेवारपानी, कोलगैरी दुंगु मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष साजन गोलेको सभाध्यक्षता भएको मोटरबाटो शिलान्यास कार्यक्रममा प्रमूख अतिथि नेपाली काँग्रेस मकवानपुरका सचिव बुद्ध लामाले मेशिन पूजा गरी रिवन काटेर उद्घाटन गर्नुभएको हो । हेटौंडा उपमहानगरपालिकाको नेवारपानीबाट दुंगु दोभानसम्म पुग्ने उक्त ४ किलोमिटर सडकखण्ड निर्माण भएपछि १ सय ३५ घरधुरीका एकहजारभन्दा बढी स्थानीय लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष गोलेले बताउनुभएको छ । राक्सीराङ गाउँपालिकाको १२ लाख र जनश्रमदान ३ लाख गरी १५ लाख रुपियाँ लागतमा सडक निर्माण भएपछि नेवारपानी, कोलगैरी, दुंगु दोभान हुँदै कुरिन्टार, नामटार र कालिकाटारसम्म सडक सञ्जाल जोडिने राक्सीराङ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष कान्छाराम मोक्तानले बताउनुभयो । शिलान्यास कार्यक्रममा प्रमूख अतिथि लामा, विशिष्ट अतिथि रुम्बा, अतिथिहरु नेपाली काँग्रेस हेउनपा १९ का सभापति धनबहादुर गुरुङ, काँग्रेस मकवानपुरका सूचना तथा संचार प्रमूख सुजन विडारी, कालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मंगलसिं गोले, कोषाध्यक्ष ईश्वर पराजुली, प्रेमलाल गोले, वडा सदस्य सूर्यबहादुर गोलेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















