Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

शत्रुगते महयात्रा हेटौँडाबाट शुभारम्भ

20180306203054_IMG_9432-1520430123.JPG

२३ फागुन, हेटौँडा । चैत्र ९ गते प्रदर्शनमा आउने नेपाली चलचित्र शत्रु गतेको टोलीले शत्रुगते महयात्रा तय गरेको छ । बुधबार हेटौँडाबाट शुरु गरिएको यो यात्रा चितवन, बुटबल, पोखरा, विर्तामोड, दमक र इटहरीसम्म पुग्ने हेटौँडामा पत्रकार सम्मेलन गर्दै जानकारी दिईएको हो । चलचित्रका निर्माता हरिबंश आचार्यले चलचित्र अहिलेको युवापुस्तालाई केन्द्रित गरेर मधेश र पहाडबीच समधुर सम्बन्धबारे चित्रण गरिएको बताए । उनले आफु लामो समयपछि चलचित्र निर्माण र अभिनयमा आएको बताउँदै दर्शकहरुले शत्रुगते मनपराउनेमा ढुक्क रहेको बताए । कलाकार शिवहरी पौडेलले शत्रु गते दर्शकहरुले खोजेको चलचित्र बनेको दावि गरे भने कलाकार एवं निर्मात्री दिपाश्री निरौलाले आफुले बर्षमा दुई व्यानरमा चलचित्र लिएर आउने बाटो बनेको बताईन् । प्रस्तुत कर्ता किरण केसीले तँ त साह्रै बिग्रिस् नि बद्रीपछि शत्रु गते लिएर आएको भन्दै दर्शकले मन पराउने स्वादमा यो चलचित्र बनेको बताए । नायक पल शाह र नायिका आँचल शर्माले ‘हरिबंश दाई’ को व्यानरमा काम गर्न पाउँदा आफुहरु गौरवान्वित भएको बताए । चलचित्रका वितरक नरेन्द्र महर्जनले चैत ९ गते मह जोडीको सम्मानमा शत्रु गते बाहेक कुनै पनि चलचित्र प्रर्दशनमा नल्याउने प्रतिवद्धता व्यक्त गरे । प्रदिप भट्टराई निर्देशित यो चलचित्रमा २ दर्जनभन्दा बढि हास्यकलाकारहरुले अभिनय गरेको बताईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार