२४ फागुन, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले न्याय सम्पादन विवेकपूर्ण ढंगबाट हुनु जरुरी रहेको बताए । मकवानपुरका न्यायिक समितिका पदाधिकारीहरुका लागि शुरु भएको प्रशिक्षण कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले पहिलो अभ्यास भएपनि न्यायिक समितिले कार्यसम्पदान गर्दा विवेकपूर्ण ढंगले काम गर्नुपर्ने बताएका हुन् । उनले विवेकपूर्ण ढंगले काम नगरी न्याय सम्पदानमा त्रुटि भए यसैलाई आधार बनाएर अधिकार खोस्न कर्मचारीतन्त्र अग्रसर हुनसक्नेतर्फ पनि सचेत रहनु जरुरी रहेको बताए । उनले सर्वोच्च अदालतका मूख्य न्यायाधिश गोपाल पराजुलीको अहिलेको कार्यशैलीले न्याय क्षेत्रप्रति वितृष्णा बढाउने काम भएको बताए । प्रदेश सरकार पनि आफ्नो ऐन कानून बनाउने क्रममा रहेको उनको भनाई थियो । कार्यक्रममा सर्वोच्च अदालतका पूर्व न्यायाधिश राजेन्द्रकुमार भण्डारी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, पूर्व न्यायाधिश फोरमका महासचिव शम्भुबहादुर खड्का, जिल्ला समन्वय समितिका उपप्रमुख भगवति पुडासैनी लगायतले राज्यको पूर्नसंरचनाका क्रममा सबै खाले अधिकार तल्लो तहसम्म आईपुगेको बताउँदै न्यायिक क्षेत्रको कार्य सम्पदानका क्रममा निष्पक्ष र स्वतन्त्र ढंगले काम गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम जिल्ला समन्वय समितिका मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको थियो ।
३० कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घटेको हो...
३० कार्तिक, हेटौंडा । मकवानपुरको सामरी जाने सडक अन्तरगत बुङ्दल पुलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु...
२९ कार्तिक, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेपछि लागु...
२९ कार्तिक, हेटौंडा । चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित बहुआयामिक आयआर्जन उपसमितिको...
२९ कार्तिक, हेटौंडा । धनुषामा शुक्रबार साँझ एक वडा अध्यक्षको गोली हानी हत्या गरिएको छ । हत्या हुनेमा मिथिला...
२९ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल कोशी प्रदेश, बागमती प्रदेश र...
२८ कार्तिक, हेटौंडा । मकवानपुरको राक्सिराङमा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्बर १...
२८ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन शुक्रबार ५ सय रुपैयाँ घटेको हो । सुन प्रतितोला २ लाख...
२८ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाका ५ सांसदमाथि गरिएको कारवाही उपसभामुख बबिता कुमारी राउत ईशरले बदर गरेकी छन्...
१६ कार्तिक, हेटौंडा। मकवानपुरको बकैया ७ स्थित एक सामुदायिक वनमा हराइरहेको स्थानीय एक व्यक्तिको शव सालको रुखमा...
२६ कार्तिक, हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडाका विभिन्न स्थानबाट व्यापारी ठग्ने ३ जनाको गिरोहलाई पक्राउ गरेको...
२६ कार्तिक, हेटौंडा । गत भदौ २४ गतेको जेन–जी आन्दोलन,आपराधिक उपद्र,तोडफोड तथा आगजनीमा संलग्न पाँच जनालाई...
२७ कार्तिक, हेटौंडा। मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर–५ सानोपोखराबाट ठुलो परिमाणमा...
२२ कार्तिक, हेटौंडा। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा बाघले आक्रमणमा परेर दुई ओटा बाख्रा खाएको छ ।...
२५कार्तिक,हेटौंडा। मकवानपुरको बकैया ३ हात्तिसुँडेमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ...
२१ कार्तिक, हेटौंडा । हेटौंडा-६ बारूतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयको १८ औं अभिभावक भेला सम्पन्न भएको छ...
२८ कार्तिक, हेटौंडा । मकवानपुरको राक्सिराङमा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्बर १...
१७ कार्तिक, हेटौंडा। हेटौँडा–१, स्थित मैनटार खानेपानी उपभोक्ता समिति हेटाैंडा खानेपानी व्यवस्थापन बोर्डमा...
















