२४ फागुन, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले एम्बुलेन्स सहयोगको घोषणा गर्नुभएको छ । काँग्रेसका पुराना नेता स्वर्गीय माणिकलाल मोक्तानको स्मृतिमा आयोजित दोश्रो क्षेत्रीय नकआउट फुटवल प्रतियोगिताको समापन कार्यक्रममा बिहिबार बोल्दै बानियाँले माणिकलाल स्मृति प्रतिष्ठानलाई एम्बुलेन्स दिने घोषणा गर्नुभएको हो । बानियाँले स्वर्गीय पिता छेमबहादुर बानियाँको स्मृतिमा राक्सीराङ गाउँपालिकामा रहेको प्रतिष्ठानलाई एम्बुलेन्स दिने प्रतिवद्दता व्यक्त गर्नुभयो । नेता बानियाँले राक्सिराङ लगाएत त्यस आसपासका विकट क्षेत्रका जनतालाई स्वास्थ्य क्षेत्रमा पहुँच पुर्याउने उद्देश्यले एम्बुलेन्स सहयोग गर्न चाहेको बताउँनुभयो । प्रतिष्ठानले एम्बुलेन्स ल्याउन चाहिने कागजपत्र चाँडै तयार गरेमा बैशाखभित्रमा एम्बुलेन्स उपलब्ध गराउने बानियाँले बताउनुभयो । उहाँले निर्वाचनका समयमा यस क्षेत्रका जनताले आफनो आत्मादान गरेकोमा धन्यवाद दिँदै यहाँको स्वास्थ्य, शिक्षा, खेलकुद, रोजगारी र विकास निर्माणको क्षेत्रमा आफुले सक्दो सहयोग गर्ने विश्वास दिलाउँनुभयो । यसअघि पनि नेता बानियाँले आफना स्वर्गीय दाजु राजकुमार बानियाँको स्मृतिमा हेटौंडा उपमहानगरपालिका बडा नम्बर १८ हर्नामाडीमा रहेको स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गर्नुभएको थियो ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















