२६ फागुन, हेटौँडा । ३ नम्बर प्रदेशकी उपसभामुख राधिका तामाङले कर्मचारी अभावमा प्रदेशसभा बैठक संचालन गर्न समस्या परेको गुनासो गरेकी छिन् ।
तामाङ सञ्चार समूह मकवानपुरको दोस्रो अधिवेशनको शनिबार हेटौडामा उद्घाटन गर्दै उनले कर्मचारी आउन नमानेका कारण प्रदेशसभा संचालनमा कठिनाई भईरहेको बताईन् । उनले सभामुख र उपसभामुख दुबैले कर्मचारी खोज्दै सिंहदरबार धाउनु परेको गुनासो गरिन् । प्रदेशको राजधानी र नामकारणको काम यथाशिघ्र टुंग्याउनुपर्नेमा जोड दिंदै उनले यो अन्यौलताले पनि कर्मचारी आउन आनाकानी गरिरहेको बताईन् ।
उनले दक्ष जनशक्ति अभावले संसद अघि बढ्न नसकेको भन्दै यसतर्फ संघीय सरकारले गम्भिरतापूर्वक चासो दिनुपर्नेमा जोड दिईन् । ऐन कानून निर्माणको चाप रहेको भन्दै यथाशिघ्र प्रदेशसभा बैठक संचालन गर्नुपर्ने उनको भनाई थियो । उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि बैठक बोलाउने बताउँदै सबैको सहयोगमा मात्रै प्रदेश सरकारले काम गर्न सक्ने बताईन् ।
कार्यक्रममा ३ नम्बर प्रदेश नेकपा माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान, प्रदेशसभा सदस्य ओम घलान, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, १२ नम्बर वडाका वडाध्यक्ष ललित घलान, नेपाल पत्रकार महासंघका अध्यक्ष हरि हुमागाई, तामाङ सञ्चार समूहका केन्द्रीय महासचिव विष्णु मोक्तान, नेपाल तामाङ घेदुङ संघ मकवानपुरका अध्यक्ष लिलाराज घलान, शक्ति समूहका अस्मिता तामाङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
समूह मकवानपुरकी अध्यक्ष दुदुमाया सिन्तानको सभाध्यक्षतामा भएको अधिवेशनमा उपसभामुख राधिका तामाङ, प्रदेशसभा सदस्य कुमारी मोक्तान, ओम घलान, भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामा, कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान र बाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलानलाई सम्मान गरिएको थियो ।
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















