Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

खेलकुद

तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसंग पराजित, उपाधी भने कब्जा

20251001_071006-1759281934.jpg

१५ असोज, हेटौंडा । युनिटी कप टी-२० क्रिकेट श्रृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ । मंगलबार राति यूएईको शारजाह क्रिकेट मैदानमा सम्पन्न अन्तिम खेलमा नेपाल १० विकेटले पराजित भएको हो ।
जितका लागि १२३ रनको सामान्य लक्ष्य पाएको वेस्ट इन्डिजले १२.२ ओभरमै कुनै विकेट नगुमाई लक्ष्य भेटायो । वेस्ट इन्डिजको जितमा अमिर जांगोले ४५ र अकिम अगस्टेले ४१ रन बनाए । वेस्ट इन्डिजले अतिरिक्त आठ रन पाएको हो ।
टस हारेर शुरुमा ब्याटिङको निम्तो पाएको नेपालले १९.५ ओभरमा १२२ रन बनाएको थियो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । उनीबाहेक कप्तान रोहित पौडेलले १७ र कुशल मल्लले १२ रनको योगदान गरे । सन्दीप जोराले १४ रन बनाए । बाँकी कुनै पनि ब्याट्सम्यानले उल्लेखनीय स्कोर बनाउन सकेनन् ।
वेस्ट इन्डिजका बलरले उत्कृष्ट प्रदर्शन गरे । ‍तीव्र गतिका बलर रामोन सिमोन्ड्स सर्वाधिक सफल रहे । उनले चार विकेट लिए । जेडिया ब्लेड्सले २ विकेट लिए । जेसन होल्डर र स्पिनर अकिल होसेन दुवैले एक–एक विकेट लिए ।
तेस्रो खेलमा पराजित भए पनि वेस्ट इन्डिजविरुद्धको टी–२० क्रिकेट श्रृंखलाको उपाधि नेपालले जितिसकेको छ । नेपालले वेस्ट इन्डिजलाई पहिलो खेलमा १९ रनले हराएको थियो । दोस्रो खेलमा नेपाल ९० रनको सानदार जित निकालेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-1763274117.png

३० कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घटेको हो...

मकवानपुरमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
IMG-880aaea6cc908ba6cf23f-1763263441.jpg

३० कार्तिक, हेटौंडा । मकवानपुरको सामरी जाने सडक अन्तरगत बुङ्दल पुलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
petrol-1577002783-1655033-1763220653.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  निगमले शनिबार राति १२ बजेपछि लागु...

बहुआयामिक आयआर्जन उपसमितिको संयोजकमा पुडासैनी
IMG_20251115_143328-1763199990.jpg

२९ कार्तिक, हेटौंडा । चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित बहुआयामिक आयआर्जन उपसमितिको...

गोली हानी वडा अध्यक्षको हत्या
bindeshwor_tOyctoKsd6_edi-1763171424.jpg

२९ कार्तिक, हेटौंडा । धनुषामा शुक्रबार साँझ एक वडा अध्यक्षको गोली हानी हत्या गरिएको छ । हत्या हुनेमा मिथिला...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1763170772.jpg

२९ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल कोशी प्रदेश, बागमती प्रदेश र...

राक्सिराङमा गोली हानी एक व्यक्तिको हत्या,संलग्न पक्राउ
1713863514864-1763133939.jpg

२८ कार्तिक, हेटौंडा । मकवानपुरको राक्सिराङमा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्बर १...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1763104257.jpg

२८ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन शुक्रबार ५ सय रुपैयाँ घटेको हो । सुन प्रतितोला २ लाख...

मधेशका पाँच सांसदमाथि गरिएको कारवाही उपसभामुखद्वारा बदर
babita-1763096196.jpg

२८ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाका ५ सांसदमाथि गरिएको कारवाही उपसभामुख बबिता कुमारी राउत ईशरले बदर गरेकी छन्...

थप समाचार