१८ असोज, हेटौंडा । बागमती प्रदेशमा हुन सक्ने विपदलाई लक्षित गरेर प्रदेश सरकारले उच्च सतर्कता अपनाउँदै ‘युनिफाइड कमान्ड टिम’ गठन गरेको छ ।
शनिबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको आकस्मिक बैठकले आन्तरिक मामिला तथा कानून मन्त्री शिवराम अधिकारीको संयोजकत्वमा भौतिक पूर्वाधार, आर्थिक मामिला, खानेपानी–सिँचाइ र वन तथा वातावरण मन्त्रीहरूलाई समावेश गर्दै द्रुत प्रतिकार्य टोली गठन गरेको छ । मुख्यमन्त्री बानियाँले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच समन्वय गरी ‘युनिफाइड कमान्ड टिम’ बनाएको जानकारी दिँदै कुनै पनि बेला विपद् परे तत्काल उद्धार र राहतका काम सुरु बताए । यस टोलीलाई विपद्को समयमा स्रोत–साधन परिचालन, उद्धार कार्यमा समन्वय र तत्काल निर्णय लिन जिम्मेवारी दिइएको उनको भनाई छ ।
मुख्यमन्त्री बानियाँले सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, काभ्रेपलाञ्चोक, धादिङ, ललितपुर, दोलखा र रामेछाप जिल्लामा विशेष सतर्कता अपनाउन निर्देशन दिएका छन् ।
बैठकले जोखिममा रहेका विद्यालय, स्वास्थ्य चौकी र सरकारी भवन वरिपरिको जमिनमा माटो कटान नियन्त्रण गर्ने कार्य अघि बढाउने निर्णय पनि गरेको छ। विद्यालय क्षेत्रमा सम्भावित जोखिम न्यूनीकरणका लागि शिक्षक र विद्यार्थीमार्फत सचेतना अभियान चलाउने तयारी भइरहेको जानकारी दिइएको थियो ।
यस्तै प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘जिल्ला विपद् व्यवस्थापन समिति’ सक्रिय बनाउने निर्णय गरिएको छ भने समितिहरू अन्तर्गत सेना, प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस र स्थानीय स्वयंसेवक परिचालन गरिनेछ ।
बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री अधिकारीले विपद् व्यवस्थापन कोषबाट तत्काल रकम प्रयोग गर्न सकिने जानकारी दिए । यस्तै आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आवश्यक परे थप स्रोत परिचालन गर्न तयार रहेको उल्लेख गर्दै राहत सामग्री खरिद र ढुवानीका लागि तत्काल बजेट विनियोजन गर्न सकिने बताए ।
भौतिक पूर्वाधार मन्त्री डा. देवकोटाले प्रदेश अन्तर्गतका प्रमुख राजमार्ग र ग्रामीण सडकमा पहिरो हटाउन हेभी इक्विपमेन्ट तयारी अवस्थामा राखिएको जानकारी दिए । विशेषगरी हेटौँडा-काठमाडौँ, हेटौँडा-भीमफेदी-कुलेखानी र सिंक्ले-काभ्रे सडकखण्डलाई ध्यान दिइएको देवकोटाको भनाई छ ।
२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकाले लोकतन्त्रका...
२० बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । आज...
२० बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे...
२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
१८ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयका...
१८ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...
१८ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको...
१८ बैशाख, हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ । रुकुम पूर्वबाट जलजलातर्फ...
१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...
१० बैशाख , हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियांको प्रमुख राजनीतिक सल्लहाकारमा दामोदर...
१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...
७ बैशाख, हेटौंडा । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय...
९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली भूभागमा...
७ बैशाख, हेटौंडा । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४...
८ बैशाख, हेटौंडा । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र यूएईबीचको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल...
१३ बैशाख, हेटौंडा । कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु...
८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको हिमाली...
१२ बैशाख, हेटौंडा । सशस्त्र प्रहरी बलका ६ जना वरिष्ठ उपरिक्षक (एसएसपी) हरूलाई नायव महानिरीक्षक (डीआईजी) मा बढुवा...


-1777786884.png)














