Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मूख्यमन्त्री पौडेलद्वारा विज्ञहरुसँग परामर्श

cm1-1520696130.jpg

२६ फागुन, हेटौँडा । प्रदेश नम्बर ३ को विकास तथा आगामी कार्ययोजना, नीति तथा कार्यक्रमका विषयमा ‘भिजन पेपर’ निर्माणको लागि हेटौँडामा विज्ञहरुसँग परामर्श गरिएको छ । 
मुख्यमन्त्री डोरमणी पौडेलको पहलमा भएको छलफल तथा अन्तरक्रियामा विषयगत विज्ञहरुले आफ्नो धारणा ब्यक्त गरेका थिए । प्रदेश नम्बर ३ को विकासको लागि आवश्यक विषय, आर्थिक स्रोतको पहिचान सहित पर्यटन, कृषि, उद्योग, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रबारे परामर्श भएको हो । 
बैठकमा अर्थ विज्ञ चन्द्रमणी अधिकारी, डा. पुष्प कंडेल, कानुनका रमेश बडाल, परशुराम उपाध्याय, योजना निर्माणका शुशिल ज्ञावली, ज्ञानेन्द्र श्रेष्ठ, प्रकाश श्रेष्ठ, पर्यटनमा अनिल लामासहित विज्ञहरु गोविन्द घिमिरे, आनन्द पोखरेल, मिलन घिमिरे र डा. तिलचन्द्र भट्टराईले विषयगत रुपमा योजना र नीति तथा कार्यक्रमको विषयमा धारणा ब्यक्त गरेका थिए ।
बैठकमा शुरुको ३ महिनाको लागि बनाईने नीति तथा कार्यक्रमको विषयमा छलफल तथा आउँदो आर्थिक वर्षको लागि जेठमा प्रस्तुत हुने नीति तथा कार्यक्रममा समावेश गर्न सकिने विषयबस्तुबारे समेत छलफल भएको थियो । छोटो समयमा नै गर्न सकिने विकास तथा दिर्घकालिन समयमा हुने विकासको विषयमा समेत छलफल भएको थियो । बैठकमा मुख्यमन्त्री पौडेलले अवको १० दिन भित्र सम्बन्धित मन्त्रालयलाई नीति तथा कार्यक्रममा समावेश गर्ने विषयको बारेमा प्रतिवेदन तयार पार्न र मन्त्रालयलाई आवश्यक विज्ञको टोली निर्माण गर्न समेत निर्देशन दिएका छन् । 
मुख्यमन्त्री पौडेलले केन्द्रीय सरकारले समेत पाँच वर्षमा अधिकतम विकास निर्माणको काम गर्ने लक्ष्य लिएको सन्र्दभमा आफुहरु पनि पाँच वर्षभित्र जनताले देख्ने, महशुस गर्ने गरि विकासको लहर ल्याउने अठोटको साथ काम अघि बढाउने बताए । उनले समृद्धिको यो अभियानमा सबैलाई सहयोग गर्न समेत आग्रह गरे ।
छलफलमा प्रदेश मन्त्रीहरु, प्रदेशतहका उच्च पदस्त कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार