२७ फागुन, हेटौँडा, । पदम मिलन उपभोक्ता समितिको ११ औँ साधारणसभा हेटौँडा–१३ पदपमोखरीमा सम्पन्न भएको छ । साधारणसभामा एक पत्रकार सहित समितिका उत्कृष्ट ३ समूहलाई समेत सम्मान गरिएको छ ।
कार्यक्रममा तामाङ सञ्चार समूह मकवानपुरका अध्यक्ष तथा तु खबर डटकमका कार्यकारी सम्पादक चन्द्र घलानलाई पदमपोखरी क्षेत्रको समाचार सम्पे्रषणमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको थियो । त्यस्तै समितिमा आवद्ध ४० समूह मध्ये उत्कृष्ट ३ समूहलाई सम्मान गरिएको छ । समितिमा रहि उत्कृष्ट कार्य गरिएको भन्दै डाँफे उपभोक्ता समूह, सृजनशिल उपभोक्ता समूह र परामर्श उपभोक्ता समितिलाई सम्मान गरिएको हो ।
कार्यक्रममा समितिका सहयोगी संस्था तथा १३ नम्बर वडाका जनप्रतिनिधिहरुमा वडा अध्यक्ष मनोजकुमार वाईबासहित सदस्यहरु रुपा खुलाल, विष्णु परियार, सन्तबहादुर तितुङ र दलबहादुर बललाई बधाई ज्ञापन समेत गरिएको समितिकी सचिव तथा कार्यक्रम सञ्चालिका तारादेवी मोक्तानले जानकारी दिईन् ।
कार्यक्रममा पदमपोखरीमा समेत पर्सा राष्ट्रिय निकुञ्जको पोष्ट राख्ने विषयमा छलफल समेत भएको थियो । उपभोक्ता समितिले यस विषयमा विभिन्न समूहहरुसँग छलफल गरेर मात्र पोष्ट राख्ने वा नराख्ने विषयमा निर्णय गर्ने निष्कर्श निकालेको छ ।
समितिका अध्यक्ष राजकुमार थिङको सभाध्यक्षतामा भएको कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापनक समितिका अध्यक्ष पदमबहादुर तितुङको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नम्बर १३ का वडाअध्यक्ष मनोजकुमार वाईबा, तराई भूपरिधि कार्यक्रमका सहजकर्ता सुरज थिङ, जेडएसएल नेपालका प्रकाश सिग्देल, राष्ट्रिय प्राकृतिक संरक्षण कोषका प्रमोद रेग्मी लगायतले मन्तव्य राखेका थिए ।
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...




-1788140988.jpg)













