२७ फागुन, हेटौँडा, । पदम मिलन उपभोक्ता समितिको ११ औँ साधारणसभा हेटौँडा–१३ पदपमोखरीमा सम्पन्न भएको छ । साधारणसभामा एक पत्रकार सहित समितिका उत्कृष्ट ३ समूहलाई समेत सम्मान गरिएको छ ।
कार्यक्रममा तामाङ सञ्चार समूह मकवानपुरका अध्यक्ष तथा तु खबर डटकमका कार्यकारी सम्पादक चन्द्र घलानलाई पदमपोखरी क्षेत्रको समाचार सम्पे्रषणमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको थियो । त्यस्तै समितिमा आवद्ध ४० समूह मध्ये उत्कृष्ट ३ समूहलाई सम्मान गरिएको छ । समितिमा रहि उत्कृष्ट कार्य गरिएको भन्दै डाँफे उपभोक्ता समूह, सृजनशिल उपभोक्ता समूह र परामर्श उपभोक्ता समितिलाई सम्मान गरिएको हो ।
कार्यक्रममा समितिका सहयोगी संस्था तथा १३ नम्बर वडाका जनप्रतिनिधिहरुमा वडा अध्यक्ष मनोजकुमार वाईबासहित सदस्यहरु रुपा खुलाल, विष्णु परियार, सन्तबहादुर तितुङ र दलबहादुर बललाई बधाई ज्ञापन समेत गरिएको समितिकी सचिव तथा कार्यक्रम सञ्चालिका तारादेवी मोक्तानले जानकारी दिईन् ।
कार्यक्रममा पदमपोखरीमा समेत पर्सा राष्ट्रिय निकुञ्जको पोष्ट राख्ने विषयमा छलफल समेत भएको थियो । उपभोक्ता समितिले यस विषयमा विभिन्न समूहहरुसँग छलफल गरेर मात्र पोष्ट राख्ने वा नराख्ने विषयमा निर्णय गर्ने निष्कर्श निकालेको छ ।
समितिका अध्यक्ष राजकुमार थिङको सभाध्यक्षतामा भएको कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापनक समितिका अध्यक्ष पदमबहादुर तितुङको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नम्बर १३ का वडाअध्यक्ष मनोजकुमार वाईबा, तराई भूपरिधि कार्यक्रमका सहजकर्ता सुरज थिङ, जेडएसएल नेपालका प्रकाश सिग्देल, राष्ट्रिय प्राकृतिक संरक्षण कोषका प्रमोद रेग्मी लगायतले मन्तव्य राखेका थिए ।
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...


















