२७ फागुन, हेटौँडा । हेटौंडामा जारी मेयर कप फुटबल–२०७४ को उपाधिको लागि ९ नम्बर वडाको कुष्माण्ड फुटबल टिम र १० नम्बर वडाको भूटनदेवी माता फुटबल टिम भिड्ने भएका छन् ।
आईतबार सम्पन्न सेमीफाइनल खेलमा भूटनदेवी टिमले १६ नम्बर वडा र कुष्माण्ड टिमले २ नम्बर वडाको वनस्खण्डी टिमलाई हराउँदै फाइनल भिडन्त पक्का गरेका हुन् ।
पहिलो सेमीफाइनलमा भूटनदेवी टिमले १६ नम्बर वडालाई ४–० गोल अन्तरले हराएको हो । एकपक्षीय खेलमा भूटनदेवी माता टिमको जितको लागी सुरज बिष्ट, रिजन लामा, सुशान्त लामा र सुमन छुमीले एक एक गोल गरे ।
खेलको म्यान अफ दी म्याच भूटनदेवी टिमका मिडफिल्डर विवेक गुरुङ भए । उनले भ्वाइस अफ यूथ चौकिटोल हेटौंडाको तर्फबाट नगद एकहजार रुपैंयासहित म्यान अफ दी म्याचको प्रमाणपत्र प्राप्त गरे ।
यस्तै आइतबार नै भएको दोस्रो सेमीफाइनलमा २ नम्बर वडाको वनस्खण्डी टिम विरुद्व १–० को कठिन जित निकाल्दै ९ नम्बर वडाको कुष्माण्ड टिम विजयी भयो । दोश्रो खेलमा कुष्माण्ड टिमका फरवर्ड अमिर श्रेष्ठ नायक भए । उनले खेलको २१ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
खेलको म्यान अफ दी म्याच बनेका श्रेष्ठले भ्वाइस अफ यूथ चौकिटोल हेटौंडाको तर्फबाट नगद एकहजार रुपैंयासहित म्यान अफ दी म्याचको प्रमाणपत्र प्राप्त गरे ।
मेयरकप फुटबलको फाइनल भिडन्त पर्सी मङ्गलबार दिउँसो हुने छ । हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा सञ्चालन भैरहेको प्रतियोगिताको विजेता र उपविजेता टिमले क्रमश ः नगद एकलाख ५० हजार र ७५ हजार रुपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै सर्वोत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...
२० बैशाख, हेटौंडा । सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...
२० बैशाख, हेटौंडा । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...
२० बैशाख, हेटौंडा । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...
२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...
१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...
१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...
१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...
१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...