Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

मेयर कप फुटबलः फाइनलमा ९ नम्बर र १० नम्बर भिडने

Footballllll-1520774035.jpg

२७ फागुन, हेटौँडा । हेटौंडामा जारी मेयर कप फुटबल–२०७४ को उपाधिको लागि ९ नम्बर वडाको कुष्माण्ड फुटबल टिम र १० नम्बर वडाको भूटनदेवी माता फुटबल टिम भिड्ने भएका छन् ।
आईतबार सम्पन्न सेमीफाइनल खेलमा भूटनदेवी टिमले १६ नम्बर वडा र कुष्माण्ड टिमले २ नम्बर वडाको वनस्खण्डी टिमलाई हराउँदै फाइनल भिडन्त पक्का गरेका हुन् । 
पहिलो सेमीफाइनलमा भूटनदेवी टिमले १६ नम्बर वडालाई ४–० गोल अन्तरले हराएको हो । एकपक्षीय खेलमा भूटनदेवी माता टिमको जितको लागी सुरज बिष्ट, रिजन लामा, सुशान्त लामा र सुमन छुमीले एक एक गोल गरे । 
खेलको म्यान अफ दी म्याच भूटनदेवी टिमका मिडफिल्डर विवेक गुरुङ भए । उनले भ्वाइस अफ यूथ चौकिटोल हेटौंडाको तर्फबाट नगद एकहजार रुपैंयासहित म्यान अफ दी म्याचको प्रमाणपत्र प्राप्त गरे ।
यस्तै आइतबार नै भएको दोस्रो सेमीफाइनलमा २ नम्बर वडाको वनस्खण्डी टिम विरुद्व १–० को कठिन जित निकाल्दै ९ नम्बर वडाको कुष्माण्ड टिम विजयी भयो । दोश्रो खेलमा कुष्माण्ड टिमका फरवर्ड अमिर श्रेष्ठ नायक भए । उनले खेलको २१ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । 
खेलको म्यान अफ दी म्याच बनेका श्रेष्ठले भ्वाइस अफ यूथ चौकिटोल हेटौंडाको तर्फबाट नगद एकहजार रुपैंयासहित म्यान अफ दी म्याचको प्रमाणपत्र प्राप्त गरे । 
मेयरकप फुटबलको फाइनल भिडन्त पर्सी मङ्गलबार दिउँसो हुने छ । हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा सञ्चालन भैरहेको प्रतियोगिताको विजेता र उपविजेता टिमले क्रमश ः नगद एकलाख ५० हजार र ७५ हजार रुपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 
यस्तै सर्वोत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार