Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चुच्चेखोला सामुदायिक वनको साधारणसभा सम्पन्न

IMG_20251018_122321-1760790887.jpg

१ कार्तिक, हेटौंडा। हेटौँडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको ३६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारण सभामा बोल्दै प्रमुख अतिथि डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेश प्रसाद चंद्रवशीले वन संरक्षणसंगै सम्बर्धनमा सबै अघि बढ्नुपर्ने बताए । उनले नेपालको समृद्धिका लागि वन क्षेत्र उपयुक्त माध्यम भएको बताए ।
साधारणसभामा संस्थाका अध्यक्ष लक्ष्मण कटुवालले प्रगति प्रतिवेदन, उपाध्यक्ष उमेश अधिकारीले अर्थीक प्रतिवेदन, लेखा समिति संयोजक गोपाल चन्द्र भट्टराईले १ करोड ६० लाख  रुपैँयाको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
वन समूहका अध्यक्ष लक्ष्मण कटुवालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा १७ का वडा सदस्य नवराज न्यौपाने, फेकोफन केन्द्रीय सदस्य खडानन्द चौलागाई, रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशव धिताल, मनकामना दुग्ध उत्पादन सहकारीका अध्यक्ष अर्जुनप्रसाद दाहाल, वरिष्ठ अधिवक्ता घनप्रसाद गौतम, कामधेनु सहकारी संस्था लिमिटेडका अध्यक्ष उदय विडारी, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, संस्थाका सल्लाहकार कमला श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा समूहका ९ जना जेष्ठ उपभोक्तालाई दोसल्ला ओढाई र समूहमा आवद्ध उपभोक्ता अन्तर्गत गत वर्षको एसइइमा सफल भएका विद्यार्थीलाई नगद र प्रशंसापत्रले सम्मान गरिएको थियो। त्यसैगरी साधारणसभामा वन समूहका पूर्व अध्यक्ष चेतनाथ चौलागाईलाई पनि सम्मान गरिएको थियो।

IMG_20251018_150141-1760790888.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

थप समाचार