Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा बसपार्कबाट ६ महिला र ५ पुरुष सहित ११ जुवाडे पक्राउ

102-1760800803.jpg

१ कार्तिक, हेटौंडा। मकवानपुर प्रहरीले हेटौँडा १० बसपार्कबाट ६ महिला र ५ पुरुष सहित ११ जना जुवाडेलाई नगद सहित पक्राउ गरेको हो। 
शनिबार दिउँसो हारजित हुने गरी जुवातास खेल भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा हेटौंडा १० बसपार्क स्थित एउटा खाजा घरमा छापा मारी नगद ६ लाख ६ हजार ३१० रुपैयाँ र ११ बुक ताससहित ११ जनालाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन्। पक्राउ पर्नेमा होटल संचालक दम्पती सहित ९ जना पक्राउ परेको डिएसपी बोगटीले जानकारी दिएका छन्। 

पक्राउ परेकामध्ये खाजा घर सञ्चालक हेटौँडा–१० कर्रा बस्ने ३५ वर्षीय हिरालाल मोक्तान र उनकी श्रीमती ३५ वर्षीया वसन्ती ब्लोन रहेका छन् । त्यसैगरी हेटौँडा–१० बसपार्क टिसिएन रोडका ३७ वर्षीय अर्जुन तामाङ, न्युरेनीका ३८ वर्षीय टुमबहादुर वाइबा, बसपार्ककी ५० वर्षीया राममाया राना, हेटौँडा–४ हुप्रचौरकी ५० वर्षीया हिरामाया थिङ, सोही स्थानकी ३० वर्षीया शान्तिमाया तामाङ,त्यसैगरी हेटौँडा १० बसपार्ककी ६६ वर्षीया कान्छी माया ब्लोन, हेटौँडा–११ थाना भर्याङकी ४५ वर्षीया सीता लामा, बागमती गाउँपालिका–५ ज्यामिरेका २७ वर्षीय राजेश दर्नाल र मनहरी गाउँपालिका–४ का ३० वर्षीय अनिल थापा रहेको जनाइएको छ। पक्राउ परेकालाई जिप्रकाको हिरासतमा राखेर अनुसन्धान भइरहेको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार