२९ फागुन, हेटौँडा । मेयर कप फुटबल प्रतियोगिता–२०७४ को उपाधि हेटौंडा–१० नम्बर वडाको भूटनदेवी टिमले जितेको छ ।
हेटौंडा–४ स्थित हुप्रचौरमा मंगलबार भएको फाइनल खेलमा ९ नम्बर वडाको कुष्माण्ड टिमलाई १–० गोलअन्तरले पन्छाउँदै १० नम्बर वडा च्याम्पियन भएको हो । १० नम्बर वडा अघिल्लो संस्करणको उपविजेता समेत हो । भूटनदेवी फुटबल टिमको तर्फबाट निर्णायक गोल सुशान्त लामाले गरे । उनले खेलको ६० औं मिनेटमा राष्ट्रिय खेलाडी रञ्जन बिष्टले उपलब्ध गराएको बललाई सहजै गोलमा परिणत गरेका थिए । लामा फाइनल खेलको म्यान अफ दी म्याच घोषितहुँदै नगद पाँचहजार रुपियाँ प्राप्त गरे ।
च्याम्पियन १० नम्बर वडाले उपाधिसहित नगद एकलाख ५० हजार रुपियाँ शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । उपविजेता टोलीले नगद ७५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । खेलका अधिकांश समय दश नम्बरले बललाई आफ्नो नियन्त्रणमा राखेपनि थप गोल भने गर्न सकेन । फाइनल खेलमा ९ नम्बरका खेलाडी अमिर श्रेष्ठले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । १० नम्बरका स्ट्राइकर वीके लामाले दोस्रो हाफमा प्रहार गरेको बल पोलमा लागेर फर्किएको थियो । फाइनल खेलको म्यान अफ दी म्याच निर्णायक गोलकर्ता १० नम्ब्र वडाका सुशान्त लामा भए । उनले ३ हजार प्राप्त गरे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषितहुँदै ९ नम्बरका अमिर श्रेष्ठले नगद १५ हजार रुपियाँ प्राप्त गरे । १० नम्बरका मनोज बिष्ट उत्कृष्ट डिफेन्डर, विवेक गुरुङ मिडफिल्डर, वीके लामा उत्कृष्ट फरवर्ड र रुपक मगर उत्कृष्ट प्रशिक्षक घोषित भए । ९ नम्बरका सिचन लामा उत्कृष्ट गोलरक्षक घोषित हुँदा ३ नम्बर वडाका विजय दोङ सर्वाधिक गोलकर्ता घोषित भए । उत्कृष्ट सवै खेलाडी तथा प्रशिक्षकले जनही नगद सातहजार पाँचसय रुपियाँ प्राप्त गरे ।
विजेता, उपविजेता तथा सम्पूर्ण उत्कृष्ट खेलाडीलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मीना लाामा, जिल्ला खेलकुद विकास समिति मकवानपुर अध्यक्ष माधव तिमल्सिना, सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान अध्यक्ष भेष खड्गी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक विकासराज खनाललगायतले पुरस्कार प्रदान गरेका थिए । हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति मकवानपुरको समन्वयमा भएको प्रतियोगितामा १९ वटा वडाहरुको सहभागिता रहेको थियो । फागुन १९ गतेबाट हेटौंडामा सुरु भएको प्रतियोगिता नकाउट आधारमा सञ्चालन गरिएको थियो ।
प्रतियोगिता प्रत्येक वर्ष आयोजना गरिने र नगद राशिमा समेत बृद्धि गरिने आयोजकले बताएको छ । प्रतियोगिताको समापनको क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधुकुमार थापालाई खेल क्षेत्रको प्रोत्साहनसंगै शान्ति सुरक्षामा विशेष सहयोग पु¥याएको भन्दै प्रशंसापत्र प्रदान गरिएको थियो ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















