२९ फागुन, हेटौँडा । वन डढेलोको हिसावले मकवानपुरको धेरै क्षेत्र उच्च जोखिममा रहेको जिल्ला वन कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरका वन क्षेत्रमध्ये बढि भाग डढेलोको हिसावले अति संवेदनशिल रहेको कार्यालयले जनाएको हो ।
कार्यालयले डढेलोको जोखिमको आधारमा जिल्लालाई ३ भागमा बाँडेको छ । कार्यालयका अनुसार अति संवेदनशिल क्षेत्रमा साविकको राईगाउँ, धियाल, फापरवारी, श्रीपुरछतिवन, चुरियामाई, सरिखेत पलाँसे, बसामाडि, काँकडा, भैसे, पालुङ, डाँडाखर्क, आग्रा, टिष्टुङ, गोगने, चित्लाङ, बज्रबाराही, फाखेल, सिस्नेरी, कोगटे, इपा पञ्चकन्या गाविस रहेका छन् भने हटिया, हर्नामािड, नामटार, मनहरी गाविस र निकुञ्जका आंशिक क्षेत्र अति संवेदनशिलमा छन् ।
कालिकाटार, भार्ता, दामन संवेदनशिल र कुलेखानी, मार्खु गाविसका आंशिक क्षेत्र, फापरवारी, श्रीपुर छतिवन, हर्नामाडि, आग्रा, गोगनेको केही क्षेत्र डढेलोको जोखिमका दृष्टिकोणले कम संवेदनशिल रहेका छन् । जोखिमका आधारमा सम्बन्धित वन इकाईमार्फत पूर्व सावधानी र डढेलो नियन्त्रणका लागि रणनीति बनाईएको वन कार्यालयको भनाई छ । सुख्खायाम शुरु भएसंगै मकवानपुरका वनमा डढेलोको जोखिम बढेकोले वन डढेलोको अवस्थालाई बर्गिकरण गर्दै वन कार्यालयले डढेलोको जोखिम न्यूनिकरणका लागि अभियान थालेको हो ।
कार्यालयले डढेलोको नियन्त्रणका लागि सामग्री वितरणसंगै डढेलोको नकारात्मक प्रभावबारे सचेतना कार्यक्रम संचालन गरिरहेको जिल्ला वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत विशाल भट्टराईले बताए । कार्यालयले समुदायमा आधारित वन व्यवस्थापन पद्धति अवलम्बन गरी डढेलोको संवेदशिलताको आधारमा वन संरक्षणको काम गरिरहेको उनले बताए । सामुदायिक वन, सुरक्षा निकाय, सरकारी एवं गैरसरकारी निकायहरुका प्रतिनिधिहरुलाई तालिम समेत प्रदान गरेको वन कार्यालयले जनाएको छ ।
१ लाख ४४ हजार ५ सय ५८ वन क्षेत्र रहेको मकवानपुरमा ४ सय १९ सामुदायिक वन रहेको छ ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

















