Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरको धेरै क्षेत्र डढेलोको उच्च जोखिममा

Fire-Control-1521008752.JPG

२९ फागुन, हेटौँडा । वन डढेलोको हिसावले मकवानपुरको धेरै क्षेत्र उच्च जोखिममा रहेको जिल्ला वन कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरका वन क्षेत्रमध्ये बढि भाग डढेलोको हिसावले अति संवेदनशिल रहेको कार्यालयले जनाएको हो ।

कार्यालयले डढेलोको जोखिमको आधारमा जिल्लालाई ३ भागमा बाँडेको छ । कार्यालयका अनुसार अति संवेदनशिल क्षेत्रमा साविकको राईगाउँ, धियाल, फापरवारी, श्रीपुरछतिवन, चुरियामाई, सरिखेत पलाँसे, बसामाडि, काँकडा, भैसे, पालुङ, डाँडाखर्क, आग्रा, टिष्टुङ, गोगने, चित्लाङ, बज्रबाराही, फाखेल, सिस्नेरी, कोगटे, इपा पञ्चकन्या गाविस रहेका छन् भने हटिया, हर्नामािड, नामटार, मनहरी गाविस र निकुञ्जका आंशिक क्षेत्र अति संवेदनशिलमा छन् ।

कालिकाटार, भार्ता, दामन संवेदनशिल र कुलेखानी, मार्खु गाविसका आंशिक क्षेत्र, फापरवारी, श्रीपुर छतिवन, हर्नामाडि, आग्रा, गोगनेको केही क्षेत्र डढेलोको जोखिमका दृष्टिकोणले कम संवेदनशिल रहेका छन् । जोखिमका आधारमा सम्बन्धित वन इकाईमार्फत पूर्व सावधानी र डढेलो नियन्त्रणका लागि रणनीति बनाईएको वन कार्यालयको भनाई छ । सुख्खायाम शुरु भएसंगै मकवानपुरका वनमा डढेलोको जोखिम बढेकोले वन डढेलोको अवस्थालाई बर्गिकरण गर्दै वन कार्यालयले डढेलोको जोखिम न्यूनिकरणका लागि अभियान थालेको हो ।

कार्यालयले डढेलोको नियन्त्रणका लागि सामग्री वितरणसंगै डढेलोको नकारात्मक प्रभावबारे सचेतना कार्यक्रम संचालन गरिरहेको जिल्ला वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत विशाल भट्टराईले बताए । कार्यालयले समुदायमा आधारित वन व्यवस्थापन पद्धति अवलम्बन गरी डढेलोको संवेदशिलताको आधारमा वन संरक्षणको काम गरिरहेको उनले बताए । सामुदायिक वन, सुरक्षा निकाय, सरकारी एवं गैरसरकारी निकायहरुका प्रतिनिधिहरुलाई तालिम समेत प्रदान गरेको वन कार्यालयले जनाएको छ ।

१ लाख ४४ हजार ५ सय ५८ वन क्षेत्र रहेको मकवानपुरमा ४ सय १९ सामुदायिक वन रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार