Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

राष्ट्रपति भण्डारीलाइ सपथ खुवाएका प्रधानन्यायधिश पदमुक्त

Parajuli-1521029600.jpg

३० फागुन, हेटौँडा । नव निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् । राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति भण्डारीले दोश्रो पटक राष्ट्रपतिको शपथ ग्रहण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीलाई प्रधानन्यायधीश गोपालप्रसाद पराजुलीले शपथ खुवाएका थिए । उनी मंगलबार दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी थिईन् । शपथ समारोहमा, प्रधानमन्त्री केपी शर्मा ओलि, उपराष्ट्रपति नन्दकिशोर पून, प्रधानसेनापति, प्रदेशसभाका प्रमूख, विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।  यसअघि राष्ट्रपति भण्डारी २०७२ कात्तिक ११ गते पनि नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित भएकी थिईन् ।

शपथ समारोहमा नेपाली सेनाले राष्ट्रपतिको सम्मानमा सलामी दिईएको थियो । उनको कार्यकाल पाँच वर्षको हुनेछ ।
यसैबिच, सर्वोच्च अदालतका न्यायाधीशले नै बेञ्च बहिस्कार गरेपछि नैतिक संकटमा पर्नुभएका प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएका छन् । नवनिर्वा्चित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुग्नुभएका प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र थमाएको हो ।

न्याय परिषद सचिवालयले काटेको पत्रमा पराजुली उमेर हदका कारण पदमा नरहेको उल्लेख छ । पराजुलीले ३१ साउनमै ६५ वर्ष उमेर पुरा गरेको परिषद्ले जनाएको छ । परिषदका सचिव नृपध्वज निरौलाद्धारा हस्ताक्षरित पत्रमा न्याय परिषद् ऐन २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारण अवकास हुने भएमा सम्वन्धीत न्यायाधीश र निकायलाई जानकारी गराउनु पर्ने उल्लेख छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चेन्नईमाथि लखनउद्वारा आठ विकेटको शानदार जित
IPL1-8-1713591143.jpg

८ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर...

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु हुँदै
Screenshot_20240420_09125-1713583687.jpg

८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...

हेटौंडा ८ मा रहेको कार्टुन उद्योगमा आगलागी
Screenshot_20240420_09152-1713583837.jpg

८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...

फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

थप समाचार