१३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई लुम्बिनी लायन्सले तीन विकेटले पराजित गरेको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले प्रस्तुत गरेको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो ।
लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४० रन बनाए । उनले ३६ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । २२–२ को स्थितिबाट रोहितले निरोसाहन डिकवेलासँग ५४ रनको साझेदारी गर्दै लुम्बिनीको मध्यक्रम सम्हाल्ने प्रयास गरेका थिए । निरोसानले २२ बलमा दुई चौका र दुई छक्कासहित ३७ रन थपे ।
लुम्बिनीले २२ रनमै दुई विकेट गुमाउँदा ओपनरद्वय डी‘एर्सी शर्टले सात र सुमित महर्जनले ‘डक’ भए । सन्दीप जोरा २२ बलमा दुई चौका र एक छक्कासहित २५ रनमा अविजित रहे । गुलबदिन नैबले ११ बलमा दुई छक्कासहित १७ रनको योगदान गरे ।
पोखराका विपीन खत्री, म्याट टेलर र सागर ढकालले दुई/दुई विकेट लिए । जिम्मी निसमको नाममा एक विकेट रह्यो ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५० रन बनाएको थियो । पोखराले १५ रनमा दिनेश खरेललाई पहिलो र दोस्रो विकेटका रूपमा कप्तान कुशल भुर्तेललाई गुमाएको थियो ।
त्यसपछि आएका सुमित बर्माले खाता खोल्न सकेनन् । तिर्तराज दासले पनि जम्मा एक रन बनाए । सातौँ ब्याटरका रूपमा आएका जिमी निशम र ओपनर एडम रोसिङटनको जोडीले पाँचौँ विकेटका निम्ति ९२ रनको महत्त्वपूर्ण साझेदारी गरे ।
रोसिङटनले ६३ बलमा पाँच छक्का र सात चौकाको सहयोगमा ८१ रन बनाए । निशमले ५१ रन जोडे । अर्धशतक बनाउने क्रममा निशमले तीन छक्का र तीन चौका प्रहार गरे ।
लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले दुई/दुई विकेट लिए । गुलबदिन नाइबले एक विकेट लिए ।
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...


















