Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

२० गते हेटौँडामा सडक विस्तार हुनेः ५३१ घरटहरा भत्किने

प्रजिअ अधिकारीको विस्तार कार्यमा सहयोग गर्न अनुरोध

589883684_134866758033588-1764511948.jpg

पत्रकार सम्मेलनमा बोल्दै डिभिजन सडकका प्रमुख अधिकारी

१४ मंसिर,हेटौँडा । पटक पटक स्थगित हुदै आएको बागमती प्रदेशको राजधानी हेटौंडा बजार क्षेत्रका सडक मंसिर २० गतेबाट  विस्तार कार्यको थालनि हुने डिभिजन सडक कार्यालय हेटौँडाले स्पष्ट पारेको छ ।  सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख गुरुप्रसाद अधिकारीले पटक पटक रोकिएको सडक विस्तार कार्य यस पटक नरोकिने बताएका छन् । आइतबार कार्यालय परिसरमा  आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख सापकोटाले विस्तारका क्रममा नगर भित्र महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अन्र्तगत २५ । २५ गजभित्र सडकको दायाँबायाँ पर्ने ५३१ वटा घरटहरा भत्किने बताएका छन् । 
 पत्रकार सम्मेलनमा उनले सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख गुरुप्रसाद अधिकारीले पटक–पटक रोकिँदै आएको विस्तारको काम यसपटक अगाडि बढ्ने जानकारी दिदै उनले पहिलो चरणमा हेटौंडा–१५ रातोमाटेदेखि हेटौंडा बुद्ध चोक हुँदै राप्ती पुलसम्म र बुद्ध चोकदेखि सामरी पुलसम्मको सडक सीमा खाली गरिने बताएका छन् । करिब ९ दशमलब ५ किलोमिटर सडक क्षेत्रभित्र रहेका २ बैंक, ३ पेट्रोल पम्पसहित अन्य भौतिक संरचनाहरू हटाउनुपर्ने जनाएका छन् ।

पत्रकार सम्मेलनमा सडकको दायाँतर्फ २३४ र बायाँतर्फ २९७ घरटहरा पर्ने , महेन्द्र राजमार्गको ६ दशमलब ३ किलोमिटर सडक क्षेत्रमा नेपाल बैंक, हिमालयन बैंक र ३ वटा पेट्रोल पम्प रहेकाले ती पनि भत्काइने बताइएको छ । ती संरचनाहरू भत्काउँदा राज्यले मुआब्जा वा क्षतिपूर्ति दिन नपर्ने पनि उनले जानकारी दिइएको छ  । सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि पनि सडक विस्तार अपरिहार्य रहेको उनको भनाइ छ । यसअघि गत मंसिर ५ गते सडक डिभिजन कार्यालय हेटौंडाले सार्वजनिक सूचना जारी गर्दै उक्त सीमा क्षेत्रभित्र पर्ने संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको थियो । सडकको अल्टिमेटम यहि १९ गते सक्किेदै छ  । 
यता जिल्ला प्रशासन कार्यालय मकवानपुरले पनि सडक विस्तार कार्यमा सहयोग गर्न सम्बन्धीत सबैमा अनुरोध गरेको छ । प्रजिअ बसन्त अधिकारीले  आइतबार एक विज्ञप्ती जारी गर्दै  २० गतेबाट सुरु हुने सडक विस्तार कार्यमा सहयोग गर्न अनुरोध गरेका हुन् । 

त्यसैगरी जेन–जी मकवानपुरले भने न्यायपूर्ण क्षतिपूर्तिको बन्दोबस्त नगरी घर–टहरा भत्काउने कुनै पनि कदम नचाल्न चेतावनी दिएको छ । बिहीबार डिभिजन प्रमुख अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै जेन–जीले लालपुर्जाधारी व्यक्तिहरूका घरहरू बलपूर्वक भत्काइने सूचना चलिरहेको भन्दै यसअघि मुआब्जा पाएका तथा पाउन बाँकी व्यक्तिहरूको तथ्यांक सार्वजनिक गर्न पनि माग गरेको छ ।

590917654_261194633409876-1764512098.jpg

प्रजिअ अधिकारीद्धारा जारी विज्ञप्ती


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
देशभर साधारणतया बदली रहने
cloudy-weather-1771119240-1786157739.jpg

२३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

प्रधानमन्त्री र मन्त्री क्वार्टरमा ग्याँसको अभाव छ कि छैन?: प्रसाईं
ramesh-prasadi_jKOjouRL88-1786105188.jpg

२२ साउन, हेटौंडा । रास्वपा पार्टीका सांसद रमेश प्रसाईंले आफ्नै पार्टी नेतृत्वको सरकारको काम कारबाहीप्रति...

विपन्न समुदायको उत्थान प्रदेश सरकारको विशेष प्राथमिकता: बानियाँ
IMG-20260807-WA0003_edit_-1786092286.jpg

२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...

राष्ट्रियसभाको बैठक सर्यो
rastriya-sabha-2-17677507-1786080863.jpg

२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
National-Examination-Boar-1786069100.jpg

२२ साउन, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको...

तीनवटा संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1786067533.jpg

२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1786067190.jpg

२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...

देशभर साधारणतया बदली रहने
cloudy-weather-1771119240-1786066914.jpg

२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...

धवल र दुर्गाको 'जय नेपाल पार्टी'
Screenshot_20260806_07003-1785978937.jpg

२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...

थप समाचार