Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

२० गते हेटौँडामा सडक विस्तार हुनेः ५३१ घरटहरा भत्किने

प्रजिअ अधिकारीको विस्तार कार्यमा सहयोग गर्न अनुरोध

589883684_134866758033588-1764511948.jpg

पत्रकार सम्मेलनमा बोल्दै डिभिजन सडकका प्रमुख अधिकारी

१४ मंसिर,हेटौँडा । पटक पटक स्थगित हुदै आएको बागमती प्रदेशको राजधानी हेटौंडा बजार क्षेत्रका सडक मंसिर २० गतेबाट  विस्तार कार्यको थालनि हुने डिभिजन सडक कार्यालय हेटौँडाले स्पष्ट पारेको छ ।  सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख गुरुप्रसाद अधिकारीले पटक पटक रोकिएको सडक विस्तार कार्य यस पटक नरोकिने बताएका छन् । आइतबार कार्यालय परिसरमा  आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख सापकोटाले विस्तारका क्रममा नगर भित्र महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अन्र्तगत २५ । २५ गजभित्र सडकको दायाँबायाँ पर्ने ५३१ वटा घरटहरा भत्किने बताएका छन् । 
 पत्रकार सम्मेलनमा उनले सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख गुरुप्रसाद अधिकारीले पटक–पटक रोकिँदै आएको विस्तारको काम यसपटक अगाडि बढ्ने जानकारी दिदै उनले पहिलो चरणमा हेटौंडा–१५ रातोमाटेदेखि हेटौंडा बुद्ध चोक हुँदै राप्ती पुलसम्म र बुद्ध चोकदेखि सामरी पुलसम्मको सडक सीमा खाली गरिने बताएका छन् । करिब ९ दशमलब ५ किलोमिटर सडक क्षेत्रभित्र रहेका २ बैंक, ३ पेट्रोल पम्पसहित अन्य भौतिक संरचनाहरू हटाउनुपर्ने जनाएका छन् ।

पत्रकार सम्मेलनमा सडकको दायाँतर्फ २३४ र बायाँतर्फ २९७ घरटहरा पर्ने , महेन्द्र राजमार्गको ६ दशमलब ३ किलोमिटर सडक क्षेत्रमा नेपाल बैंक, हिमालयन बैंक र ३ वटा पेट्रोल पम्प रहेकाले ती पनि भत्काइने बताइएको छ । ती संरचनाहरू भत्काउँदा राज्यले मुआब्जा वा क्षतिपूर्ति दिन नपर्ने पनि उनले जानकारी दिइएको छ  । सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि पनि सडक विस्तार अपरिहार्य रहेको उनको भनाइ छ । यसअघि गत मंसिर ५ गते सडक डिभिजन कार्यालय हेटौंडाले सार्वजनिक सूचना जारी गर्दै उक्त सीमा क्षेत्रभित्र पर्ने संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको थियो । सडकको अल्टिमेटम यहि १९ गते सक्किेदै छ  । 
यता जिल्ला प्रशासन कार्यालय मकवानपुरले पनि सडक विस्तार कार्यमा सहयोग गर्न सम्बन्धीत सबैमा अनुरोध गरेको छ । प्रजिअ बसन्त अधिकारीले  आइतबार एक विज्ञप्ती जारी गर्दै  २० गतेबाट सुरु हुने सडक विस्तार कार्यमा सहयोग गर्न अनुरोध गरेका हुन् । 

त्यसैगरी जेन–जी मकवानपुरले भने न्यायपूर्ण क्षतिपूर्तिको बन्दोबस्त नगरी घर–टहरा भत्काउने कुनै पनि कदम नचाल्न चेतावनी दिएको छ । बिहीबार डिभिजन प्रमुख अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै जेन–जीले लालपुर्जाधारी व्यक्तिहरूका घरहरू बलपूर्वक भत्काइने सूचना चलिरहेको भन्दै यसअघि मुआब्जा पाएका तथा पाउन बाँकी व्यक्तिहरूको तथ्यांक सार्वजनिक गर्न पनि माग गरेको छ ।

590917654_261194633409876-1764512098.jpg

प्रजिअ अधिकारीद्धारा जारी विज्ञप्ती


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार