Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौँडा बजारमा डोजर चल्दा,यस्तो छ बैकल्पिक मार्ग

baikalpik-sadak-1764943990.jpg

राप्ती पुलबाट चौकिटोल तर्फको बैकल्पिक सडक

♦प्रष्ट खबर व्युरो 

१९ मंसिर,हेटौँडा । भोली मंसिर २० अर्थात शनिबारबाट हेटौँडा बजार बिस्तार कार्य सुरु हुदैछ । सडक डिभिजन कार्यालय हेटौँडाले पुर्व पश्चिम र त्रिभुवन राजपथ अन्र्तगत हेटौँडा १५ रातोमाटे देखि चौकिटोल सम्म सडकको दायाँ बायाँ २५ गज भित्र बनेका संरचना हटाउन दिएको समय शुक्रबार रातिबाट सक्किदैछ । सडक विस्तारका क्रममा प्रशासनले हेटौँडाको मेनरोडमा सवारी संचालनमा रोक लगाएको छ ।

सवारी संचालनमा प्रभावित नहोस भनेर बैकल्पिक मार्गबाट आवतजावतको व्यवस्था गरेको छ । जिल्ला प्रशासनले सडक डिभिजन कार्यालयको समन्वयमा वैकल्पिक मार्गका रूपमा बैकल्पिक सडक तयार पारिएको छ। रातोमाटे–बुद्धचोक–राप्ती पुल हुँदै सामरी पुलसम्म करीब ९ दशमलब ५ किलोमिटर दूरीमा पर्ने मुख्य सडक विस्तार तथा व्यवस्थापन कार्यसँगै बजार भीड घटाउन  बाइपास रोड तयार गरेको हो । पुर्व पश्चिम राजमार्ग अन्तर्गत पथलैया र चितवन तर्फबाट आएका मालबहाक र यात्रुबहाक सवारीलाई राप्ति पुलको दिक्षिण तर्फबाट त्रिवेणी,कुखरेनी हुदै रातोमाटे र त्रिभूवन राजपथ हुदै दामन,भिमफेदी र काठमाडौै हिडेका सवारीलाई राप्ती पुलबाट उत्तर तर्फ तरकारी बजार,चौकिटोल स्थित तिरतिरे धारामा निस्कने व्यवस्था गरिएको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयालले जनाएका छन् । 
 
डिभिजनले अतिक्रमित संरचना हटाउने, सडक चौडाइ रेखांकन गर्ने, आवश्यक ग्राभेल–प्याकिङ, रोलिङ तथा ट्राफिक व्यवस्थापन मिलाउने जस्ता काम सम्पन्न गरिसकेको छ । सो क्षेत्रमा रहेका ५३१ संरचनामध्ये धेरैलाई सूचना दिएर हटाउने प्रक्रिया सुरु गरिने सो कार्यका लागि आवश्यक तयारी पुरा भइसकेको डिभिजन सडक प्रमुख गुरुप्रसाद अधिकारीले बताएका छन् । अधिकारीका अनुसार तय गरिएको मार्गले यातायत व्यवस्थापमा समस्या नहुने र  हेटौँडा बजार क्षेत्रभित्र चल्ने साना सवारी, अटो, मयुरी रिक्सालगायतका साधनलाई पनि बाइपासमार्गतर्फ मोडिने तयारी गरिएको छ, जसले बजारभित्रको भीडभार उल्लेख्य रूपमा घटाउने अपेक्षा गरिएको छ । यता सम्भावित घटनालाई लिएर शुक्रबार साझँबाट हेटौँडा बजार क्षेत्रमाठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यसैगरी सर्वोच्च अदालतले पुर्व प्रतिनिधिसभा सदस्य विन्दबासिनी कंशाकरले  दायर गरेको रिटमा डिभिजन सडक कार्यालयलाई कारण देखाउ आदेश दिदै दुवै पक्षालाई पुस १ गते छलफलका लागि बोलाएको छ भने डिभिजन सडक कार्यालयले शुक्रबार अदालतबाट विस्तार कार्य रोक्न कुनै आधिकारीक पत्र नआएकोले सडक विस्तार कार्य नरोकिने विज्ञप्ती प्रकाशन गर्दै जनाएको छ । 

594157971_169559539499466-1764943990.jpg

सडकको विस्तार कार्य नरोकिने बारेको सूचना


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

थप समाचार