६ पुस, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले मकवानपुरको विकट मानिएको कैलाश गाउॅंपालिका वडा नम्बर ४ स्थित विपन्न चेपाङ परिवारलाई घर बनाएर हस्तान्तरण गरेका छन् । मुख्यमन्त्रीक सपथ लिदै गर्दा आफले प्राप्त गर्ने सेवा सुविधाको रकमबाट खर्च गर्नेगरी आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत विपन्न परिवारलाई घर बनाइदिने प्रतिवद्वता अनुरुप उनले घर बनाएर हस्तान्तरण गरिदिएका हुन् ।
बुधबार मकवानपुरको कैलाश गाउँपालिका– वडा नम्बर ४ धुसर पुगेर स्थानिय लालकुमार चेपाङ र उनकी पत्नी सानुमाया चेपाङलाई घरको चावी हस्तान्तरण गरेका हुन् । घर हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियांले घर हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले विपन्न नागरिकलाई आफूले सेवा सुविधाको रकम खर्च गरेर घर निर्माण गरेका बताएका छन् । उनले प्रदेश सरकारमार्फत पनि आवास कार्यक्रम सञ्चालन गर्न लागिएको बताएका छन्। आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरू गाँस, बास र कपासबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आफूले काम अघि बढाएको मुख्यमन्त्री बानियांले भने । उनले बागमती प्रदेशभरका गरिब निमुखा, दलित, सिमान्तकृत, एकल महिलालगायतलाई समेटेरे एक हजार वटा घर निर्माण गरी हस्तान्तरण गर्ने योजनाका साथ प्रदेश सरकारले कार्यविधि बनाएको जानकारी गराएका थिए । घर निर्माणसँगै उनीहरुलाई आयआर्जनका लागि बिना ब्याजमा प्रति परिवार २ लाख रुपैयाँ ऋणसमेत दिइने मुख्यमन्त्रीको भनाइ थियो । कार्यक्रमकैबीच मुख्यमन्त्री बानियाँले चेपाङ दम्पतिलाई आयआर्जनका लागि बाख्रा पालन गर्न अनुरोध गर्दै नगद २० हजार रुपैयाँसमेत सहयोग हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै कैलाश गाउॅंपालिका अध्यक्ष लोक बहादुर मुक्तानले ५० वर्षीय लालकुमार विगत लामो समयदेखि जीर्ण र असुरक्षित घरमा बस्दै आएको सानै उमेरमा हात जलेर सानुमाया आंशिक अपांग रहेको ,दुई कट्ठा नम्बरी र झण्डै तीन–चार कठ्ठा ऐलानी जग्गा छ, तर आर्थिक अभावका कारण उनीहरू सुरक्षित घर निर्माण गर्न असमर्थ थिए त्यसैले यो अवस्था देखेर मुख्यमन्त्री ज्यूलाई गाउॅंपालिकालेनै घर निर्माणका लागि सिफारिस गरिएको बताए । घर निर्माणसँगै ओढ्ने, ओच्छ्याउने लगायतका लत्ताकपडाको व्यवस्थापन कैलाश गाउँपालिकाले गरिदिने गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले उद्घोष गरेका थिए । मुख्यमन्त्री बानियाँले आफ्नो सेवा सुविधाको रकमबाट यसअघि मकवानपुरको मनहरी गाउँपालिका–९ की मिठुमाया सुनारको ७ लाख रुपैयाँ लगानीमा घर निर्माण गरी हस्तान्तरण गरिसकेका छन् भने राक्सिराङ गाउँपालिका–१ का सुमनसिं प्रजाको घर पनि निर्माणको क्रममा रहेको छ । घर हस्तान्तरण कार्यक्रममा कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेपाली काँग्रेस कैलाश गाउँपालिका सभापति राजेन्द्र घिसिङ लगायतले मन्तव्य व्यक्त गरेका थिए । घर हस्तान्तरण कार्यक्रममा विभिन्न वडाका अध्यक्ष र जनप्रतिनिधिहरुको सहाभागिता रहेको थियो । करिब ८ लाख रुपैयाँ लगानीमा ३ वटा कोठाको जस्ताले छाएको घर र शौचालय निर्माण गरिएको हो ।
१४ पुस, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार पनि बस्ने भएको छ। पार्टीका मुख्य...
१४ पुस, हेटौंडा । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको...
१४ पुस, हेटौंडा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोमबार तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र...
१३ पुस, हेटौंडा । सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरको कार्यकाल आइतबारदेखि सकिएको छ। जेनजी...
१३ पुस, हेटौंडा । बाघको आक्रमणबाट कन्चनपुरकी एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्नवास नगरपालिका-६ का ७०...
१३ पुस, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।...
१३ पुस, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख...
१३ पुस, हेटौंडा । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा...
१२ पुस,हेटौडा । हेटौडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूह, चौघडाको २९ औ वार्षिक साधारणसभा...
७ पुस,हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष,वडा सचिव सहित ७ जना विरुद्ध किर्ते...
१२ पुस,हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ माध्यामिक विद्यालयले स्वर्ण जयन्ती...
२९ मंसिर,हेटौंडा । नेपाल आयाल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले...
१ पुस,हेटौंडा । मनहरीमा रुखबाट खसेर गम्भीर घाइते एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ। मंगलबार बिहान...
१ पुस,हेटौंडा । मकवानपुरको बकैया गाउपालिका वडा नम्बर ७ अधेरीमा टयाक्टर पल्टिदा २० भन्दा बढी व्यक्ति घाइते भएका...
५ पुस,हेटौंडा । क्रिश्चियन धर्मावलम्बीहरुको महान पर्व क्रिस्मसको अवसरमा मकवानपुरको दुइ गाउॅंपालिकाले...
६ पुस, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले मकवानपुरको विकट मानिएको कैलाश...
१३ पुस, हेटौंडा । बाघको आक्रमणबाट कन्चनपुरकी एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्नवास नगरपालिका-६ का ७०...
९ पुस,हेटौँडा । “सडकमै जाऔँ, सडकमै खाऔँ, सडकमै रमाऔँ” भन्ने नारासहित मकवानपुर होटल एसोसिएसन, हेटौंडाको आयोजना...

















