Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

राजनीति

नागरिकता किर्ते प्रकरणःबकैया ४ का वडाध्यक्ष दंगाल सहित ७ जना दोषी ठहर

600875582_232283789818151-1766373657.jpg

७ पुस,हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष,वडा सचिव सहित ७  जना विरुद्ध किर्ते नागरिकता प्रमाणपत्र बनाएको तथा झुटो विवरण पेश गरी जग्गा नामसारी गरेको कसुरमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला भएको अदालका सूचना अधिकारी केशवराज कौसिकले बताएका छन् । 

जिल्ला अदालत मकवानपुरले बकैया गाउँपालिका–४ का वडाध्यक्ष राजन दंगाल, वडा सचिव अनिशा श्रेष्ठ, सोमबहादुर न्यासुर, सानुमान थिङ र जमानसिंह भ्लोन  सहित सात जनालाई दुई वर्षदेखि आठ वर्षसम्म कैद सजाय सुनाएको हो  जिल्ला न्यायाधीश पूर्णिमा कोईरालाको एकल इजलासले आइतबार जनही दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो। त्यसैगरी घटनामा संलग्न  पूर्णबहादुर भ्लोन र रामबहादुर न्यासुरलाई अदालतले आठ वर्ष कैद तथा एक लाख ३० हजार रुपैयाँ जरिवाना तोकेको छ।वडाध्यक्ष  दंगाल पुर्पक्षका लागि हाल भिमफेदी कारागारमा रहेका छन् । सरकारी कागजात किर्ते गरेको अभियोगमा उनलाई जिल्ला न्यायाधीश सकुन्तला कार्कीको इजलासले २०८१ कार्तिक २१ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको थियो 

अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका वडाध्यक्ष दंगाल सहित पूर्णबहादुर भ्लोन, रामबहादुर न्यासुर र जमानसिंह भ्लोन हाल पुर्पक्षका लागि भीमफेदी कारागारमा रहेका छन् । 


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्ने
congress-1766972201.jpg

१४ पुस, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार पनि बस्ने भएको छ।  पार्टीका मुख्य...

समानुपातिकतर्फको बन्दसूची पेश गर्ने आज अन्तिम दिन
Election-Commission-nirba-1766971865.jpg

१४ पुस, हेटौंडा । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको...

पहाडी भू-भागमा आंशिक बदली रहने
Fog_1-1637851144-1766971556.jpg

१४ पुस, हेटौंडा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोमबार तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र...

सभामुख र उपसभामुखको कार्यकाल सकियो
1722042430_sabhamukh-upas-1766923506.jpg

१३ पुस, हेटौंडा । सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरको कार्यकाल आइतबारदेखि सकिएको छ। जेनजी...

बाघको आक्रमणबाट एक बृद्धाको मृत्यु
Screenshot_20251228_17441-1766923180.jpg

१३ पुस, हेटौंडा । बाघको आक्रमणबाट कन्चनपुरकी एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्नवास नगरपालिका-६ का ७०...

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने
raprapa-dhumbarahi-1766885304.png

१३ पुस, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।...

रवि-बालेन सहमति: सभापति रवि, भावी प्रधानमन्त्री बालेन
balen-Rabi-Agrament-1766884554.jpg

१३ पुस, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1766883998.jpg

१३ पुस, हेटौंडा । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा...

रानी वनको २९ औ वार्षिक साधारणसभा  सम्पन्न
604644736_752478297261609-1766844050.jpg

१२ पुस,हेटौडा । हेटौडा  ६ चौघडामा रहेको रानी सामुदायिक  वन उपभोक्ता  समूह, चौघडाको २९ औ वार्षिक  साधारणसभा...

थप समाचार