file photo
९ पुस,हेटौँडा । “सडकमै जाऔँ, सडकमै खाऔँ, सडकमै रमाऔँ” भन्ने नारासहित मकवानपुर होटल एसोसिएसन, हेटौंडाको आयोजना हुदै आएको सडक खाना महोत्सव यस बर्ष पनि हुने भएको छ । यही पुस १३ गतेदेखि १६ गते सम्म १२ औँ सडक खाना महोत्सव हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
महोत्सवको तयारीबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दिलिस गोविन्द जोशीले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताएका छन् । गत बर्ष झै यस बर्ष पनि महोत्सव हेटौँडा ४ हुप्रचौरको खेलमैदानदेखि पूर्वतर्फको उत्तर–दक्षिण सडक क्षेत्रमा आयोजना गरिने पत्रकार सम्मेलनमा बताइएको छ । महोत्सवको समुद्घाटन पुस १३ गते अपराह्न ४ बजे संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले गर्ने जनाइएको छ ।
महोत्सवमा पौराणिक संस्कृतिदेखि आधुनिकसम्मका विभिन्न जातीय परिकारहरू एकै स्थानमा पाउन सकिने आयोजकले जनाएको छ । महोत्सवमा करिब ६० वटा स्टल रहनेछन् । रैथाने परिकारका १० वटा स्टल निःशुल्क उपलब्ध गराइनेछ भने अन्य स्टलका लागि चार दिनको १० हजार रुपैयाँ शुल्क तोकिएको अध्यक्ष जोशीले जानकारी दिनुभयो । महोत्सव सञ्चालनको अनुमानित लागत खर्च करिब १५ लाख ७२ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ ।
महोत्सवबाट ७० देखि ८० लाख रुपैयाँसम्मको कारोबार हुने अपेक्षा गरिएको छ । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको नृत्य, गायन र ब्याण्ड प्रस्तुति रहने जनाइएको छ ।
१४ पुस, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार पनि बस्ने भएको छ। पार्टीका मुख्य...
१४ पुस, हेटौंडा । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको...
१४ पुस, हेटौंडा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोमबार तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र...
१३ पुस, हेटौंडा । सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरको कार्यकाल आइतबारदेखि सकिएको छ। जेनजी...
१३ पुस, हेटौंडा । बाघको आक्रमणबाट कन्चनपुरकी एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्नवास नगरपालिका-६ का ७०...
१३ पुस, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।...
१३ पुस, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख...
१३ पुस, हेटौंडा । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा...
१२ पुस,हेटौडा । हेटौडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूह, चौघडाको २९ औ वार्षिक साधारणसभा...
७ पुस,हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष,वडा सचिव सहित ७ जना विरुद्ध किर्ते...
१२ पुस,हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ माध्यामिक विद्यालयले स्वर्ण जयन्ती...
२९ मंसिर,हेटौंडा । नेपाल आयाल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले...
१ पुस,हेटौंडा । मनहरीमा रुखबाट खसेर गम्भीर घाइते एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ। मंगलबार बिहान...
१ पुस,हेटौंडा । मकवानपुरको बकैया गाउपालिका वडा नम्बर ७ अधेरीमा टयाक्टर पल्टिदा २० भन्दा बढी व्यक्ति घाइते भएका...
५ पुस,हेटौंडा । क्रिश्चियन धर्मावलम्बीहरुको महान पर्व क्रिस्मसको अवसरमा मकवानपुरको दुइ गाउॅंपालिकाले...
६ पुस, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले मकवानपुरको विकट मानिएको कैलाश...
१३ पुस, हेटौंडा । बाघको आक्रमणबाट कन्चनपुरकी एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्नवास नगरपालिका-६ का ७०...
९ पुस,हेटौँडा । “सडकमै जाऔँ, सडकमै खाऔँ, सडकमै रमाऔँ” भन्ने नारासहित मकवानपुर होटल एसोसिएसन, हेटौंडाको आयोजना...

















