Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रानी वनको २९ औ वार्षिक साधारणसभा  सम्पन्न

604644736_752478297261609-1766844050.jpg

१२ पुस,हेटौडा । हेटौडा  ६ चौघडामा रहेको रानी सामुदायिक  वन उपभोक्ता  समूह, चौघडाको २९ औ वार्षिक  साधारणसभा  शनिवार  सम्पन्न भएको छ ।हेटौडा उपमहानगरपालिका  उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष  केशव धितालको सभाध्यक्षतामा साधारणसभा  भएको हो । साधारणसभामा समूहका अध्यक्ष  धितालले संस्थागत प्रतिवेदन, सचिव अमुना सापकोटाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष गोमा लामिछानेले आव ०८१र०८२ को लेखा परिक्षण प्रतिवेदन र चालू आव ०८२र०८३ को लागि ७२ लाख  २९ हजारको अनुमानित आयब्यय विवरण  र लेखा समिति संयोजक राजकुमार  फुयालले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा ज्येष्ठ  सदस्य ठूलीमाया पाख्रिन, पूर्ण बहादुर राई,निवर्तमान  अध्यक्ष  विष्णुप्रसाद  न्यौपाने,  निर्वाचन समिति संयोजक अर्जुनप्रसाद  चौलागाई, सदस्य रामहरि  चौलागाई, साधुराम चौलागाई, वन अधिकृत हेम कुमार पाठक लाई सम्मानित गरिएको थियो । यसैगरी  सञ्चारकर्मी तर्फ  मनोज देवकोटा, कार्यसमितिका पदाधिकारी, विधार्थी सौरभ सापकोटा  र अनुष्गा हुमागाई लगायतकालाई  समेत पुरस्कृत गरिएको थियो ।
साधारणसभामा हेटौडा  ६ का वडा  अध्यक्ष  विष्णुबहादुर  दाहाल, मकवानपुरगढी  ३ का वडा अध्यक्ष  भागवत घिमिरे, हेटौडा ६ का वडा सदस्य विजय पौडेल हेटौडा ( ६ का निवर्तमान  अध्यक्ष  अर्जुनप्रसाद  चौलागाई,, सामुदायिक  वन उपभोक्ता  महासंघ नेपालका केन्द्रीय  सदस्य रामहरि चौलागाई , जिल्ला अध्यक्ष  साधुराम चौलागाई, स्थानीय  महासंघ हेटौडाका अध्यक्ष  शम्भु प्रसाद न्यौपाने, सव डिभिजन वन कार्यालय, हेटौडाका वन अधिकृत बच्चुराम सुवेदी, चुच्चेखोला सामुदायिक  वनका अध्यक्ष लक्ष्मण कटुवाल, न्यूरेनी चिसापानी  वनका अध्यक्ष  प्रकाश कार्की , जनकल्याण  सहकारीका अध्यक्ष  हिमाल पौडेल, कामधेनु सहकारीका अध्यक्ष  उदय बिडारी लगायतको आतिथ्यता रहेको थियो ।
१ सय ३८ हेक्टर  क्षेत्रफलमा फैलिएको यो सामुदायिक  वनमा ८ सय ५० घरधुरी  आवद्व रहेका छन । वनले सर्वमान्य  गणेशमान सिह वन संरक्षण प्रथम पुरस्कार  २०५७ बाट सम्मानित  भइसकेको छ । साधारणसभाले विभिन्न  १४ वटा प्रस्तावहरु सर्वसम्मत पारित गरेको समूहका कार्यालय सचिव भीमसेन पौडेलले बताएका छन्  ।

604940692_158573127594123-1766844050.jpg
605103381_206850128391087-1766844080.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार