१६ पुस,हेटौँडा । इलाका प्रहरी कार्यालय खैरहनी चितवनको जेनजी आन्दोलनमा आगजनी पछि क्षतिग्रस्त बनेको भवन पुनर्निर्माण भएपछि बुधबार उदघाटन गरिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बुधबार बिहान एक समारोहका बिच पुननिर्माण गरिएको भवनको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाले जेनजी आन्दोलनमा जलेको कार्यालय, ब्यारेक, भान्छाघर र कम्पाउण्ड वालसहित पुनःनिर्मित संरचनाले स्थानीय सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने सहयोग पुग्ने बताए । मुख्यमन्त्री बानियाँले राजनीतिक परिवर्तनका नाममा सुरक्षाका संरचनामाथि हुने आक्रमणले लोकतान्त्रिक मूल्यलाई कमजोर बनाउने बताए। “फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै भयरहित वातावरण निर्माण गर्न संघीय सरकारले पहल गर्नुपर्ने र त्यसका लागि बागमती प्रदेश सरकार सहकार्य गर्न तयार छ “- बानियाले भने । उनले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त तथा जलेका सरकारी भवन पुनर्निर्माणका लागि १ अर्बभन्दा बढी बजेट विनियोजन गरिएको समेत बताए ।बागमती प्रदेश सरकारको ५ करोड ८५ लाख रुपैयाँको लगानीमा उक्त संरचना निर्माण गरिएको हो । उद्घाटन समारोहमा आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज अधिकारी,खैरहनी नगरपालिकाका नगर प्रमुख शशी कुमार खानिया,चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालज्,बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्ण बहादुर शाहीज्,बागमति प्रदेश प्रहरी कार्यालय हेटौडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण पौडेल,नेपाल प्रहरी शिक्षालय भरतपुरका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक तारा देवी थापा, ज्यू, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोबिन्द पुरी लगीयत जनप्रतिनिधिहरु, पत्रकारहरुको उपस्थिती रहेको थियो ।
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...


















