२४ पुस, हेटौडा । हेटौंडा ६ चुच्चेखोलामा रहेको नारी चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवन उद्घाटन गरिएको छ । बिहिबार बिहान बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहकारीको नव निर्मित भवनको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै बानियाँले सहकारीले समुदायमा आर्थिक समृद्धिमा टेवा पुर्याएको बताए । नारी चेतना सहकारी जस्तै महिलाहरूद्वारा संचालित सहकारीले महिलाहरूको सशक्तीकरणमा काम गरेको बताउँदै यसको निरन्तरताका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए । उनले महिलाहरूको आर्थिक उपार्जनका लागि सहकारीमार्फत प्रदेश सरकारले सीप र प्रविधि दुबै उपलब्ध गराउने बताए ।सहकारीकी अध्यक्ष राधिका गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा(६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, मकवानपुरगढी २ का वडा अध्यक्ष बखानसिं पाख्रिन, संस्थाकी संस्थापक अध्यक्ष हिरादेवी दाहाल, भूमी समस्या समाधान आयोग मकवानपुरका विज्ञ सल्लाहकार अर्जुनप्रसाद चौलागाईं, संस्थाका सल्लाहकार उदय विडारी, रूपेश दुलाल, रानीसामुदायिक वनका अध्यक्ष केशव धिताल, चुच्चेखोला वन सहकारीका उपाध्यक्ष धनबहादुर गौतम, संस्थाका निवर्तमान अध्यक्ष ज्ञानु अर्याल लगायतको उपस्थिति रहेको थियोे ।कार्यक्रममा संस्था निमार्ण एवं फर्निचर सहयोग गर्ने हिरादेवी दहाल, तिलकमाया रुम्बा, रमेश कुमार थापा, गौरव कुमार पराजुली , देवकुमारी डंगोल, राधिका, कल्पना पराजुली लक्ष्मी चौलागाईलाई सम्मान गरिएको थियो । दुई तल्ले पक्की भवन ४५ लाखको लागतमा निर्माण गरिएको संस्थाकी ब्यवस्थापक विपना घिमिरेले बताईन ।
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...


















