Email :- prastakhabar@gmail.com
Kailash-Jaado-Adv-1768357949.jpg

समाज

सिद्धार्थको स्वर्ण जयन्ती समारोहको उद्घाटन मुख्यमन्त्रीले गर्ने

615901933_382062555490667-1768311051.jpg

२९ पुस, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले स्थापनाको  ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्ती मनाउने जनाएको  छ। विद्यालयले मंगलबार पत्रकार भेटघाटको कार्यक्रमको आयोजना गर्दै बिभिन्न  कार्यक्रमको आयोजना  गर्दै स्वर्ण जयन्ती मनाउने जनाएको हो । 

पत्रकार भेटघाटमा विद्यालयका बिद्यालयका प्रधानध्यापक परमानन्द सरोज कर्णले माघ २ गतेदेखि ८ गतेसम्म विविध शैक्षिक, सामाजिक, स्वास्थ्य तथा सांस्कृतिक कार्यक्रम सहित स्वर्ण जयन्ती समारोह मनाउन लागेको र विधिवत रुपमा माघ ४ गते बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्ने बताएका छन् ।

स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा विद्यालयले सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै पुष २४ र २५ गते हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा विद्यार्थीहरूका लागि निःशुल्क आँखा परीक्षण शिविर आयोजना गरेको छ। त्यसैगरी पुष २८ गते विद्यार्थी लक्षित दन्त परीक्षण शिविर सम्पन्न गरेको पत्रकार भेटघाटमा प्रअ कर्णले बताएका छन् । महोत्सवको तयारी स्वरूप माघ २ गते विद्यालय परिसर सरसफाइ तथा रङ्गरोगन गरिनेछ।

माघ ३ गते बिहान ७ बजे रक्तदान कार्यक्रम तथा बिहान १०ः३० बजेदेखि शैक्षिक सामग्री प्रदर्शनी आयोजना गरिने बिद्यालयका प्रधानध्यापक परमानन्द सरोज कर्णले बताएका छन् । माघ ४ गते बिहान १० बजेदेखि झाँकी र्यालीसहित महोत्सवको औपचारिक उद्घाटन गरिने जनाइएको छ । 
माघ ५ गते बिहान ७ः३० बजे पूर्व विद्यार्थी भेला तथा बिहान १० बजेदेखि विद्यालयका विविध अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिनेछ । यस दिन बागमती प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ प्रमुख अतिथि रहने बिद्यालयका शिक्षक गणेश प्रसाद हुमागाईले बताएका छन् ।

त्यसैगरी माघ ६ गते बिहान ११ बजेदेखि नगरस्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता तथा अतिरिक्त क्रियाकलापहरू आयोजना गरिनेछ, जसमा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ प्रमुख अतिथि रहनेछन्। महोत्सवमा माघ ७ गते बिहान ११ बजेदेखि विद्यालयको बृहत् सांस्कृतिक कार्यक्रम तथा शैक्षिक एवं खेलकुद पुरस्कार वितरण कार्यक्रम आयोजना गरिनेछ। उक्त कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान प्रमुख अतिथिका रूपमा सहभागी हुने विद्यालयले जनाएको छ।

यसैगरी कार्यक्रमको समापन माघ ८ गते हुने छ । यस कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा रहेको बिद्यालयका स्वर्ण महोत्सव मुल समारोह समितिका संयोजक तथा हेटौंडा–२ का वडा अध्यक्ष विष्णु गोपाल महर्जनले बताएका छन् । हेटौँडा वडा नम्बर २ मा रहेको एक मात्र सामुदायिक विद्यालय २०३२ साल माघ ८ गते सिद्धार्थ निम्न माध्यमिक विद्यालयका रूपमा स्थापना भएको थियो । विद्यालयका हाल १२ सम्म अध्ययन अध्यापन हुदै आएको र विद्यालयमा करिब २ हजार विद्यार्थी अध्ययनरत  छन् । 

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाई, नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, हेटौँडा २ का वडा सदस्य सुरज बर्तौला, इन्द्र रिजाल, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष रामचन्द्र ढकाल लगायतको उपस्थिति रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
मकवानपुरमा प्रतिनिधिसभाका ४४ उम्मेदवार (विवरणसहित)
IMG-b64426ddacf273162be59-1768918292.jpg

६ माघ, हेटौंडा । मकवानपुरका प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि  ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्...

क्यान अध्यक्ष चन्द प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार
chatur2-1768875052.jpg

६ माघ, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने...

प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता हुँदै
Election-Commission-nirba-1768873996.jpg

६ माघ, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ ।  निर्वाचन अधिकृतको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1768873389.jpg

६ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले तराई भूभागका थोरै स्थानहरूमा...

चुनाव लड्न बागमती प्रदेशका ६ सांसदको राजीनामा
616754135_259677726261940-1768832270.jpg

५ माघ, हेटौँडा । आसन्न प्रतिनिधिसभाको चुनाव लड्न बागमती प्रदेशका ६ जना प्रदेशसभा सदस्यले राजीनामा दिएका छन् ।...

बामदेव गौतम टिकटविहिन!
bamdev-11605963839-1768828155.jpg

५ माघ, हेटौंडा । बामदेव गौतम नेपाली कम्युनिस्ट पार्टीबाट टिकटविहिन भएका छन् ।  प्रतिनिधिसभा सदस्यको चुनावमा...

सञ्चारमन्त्री जगदीश खरेलबाट राजीनामा
Jagadish-Kharel-1-1-17600-1768826594.jpg

५ माघ, हेटौंडा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री...

चुनाव लड्न बागमती प्रदेशसभा सदस्य काफ्लेको राजीनामा
Desktop40_1793456305-1768826847.jpg

५ माघ, हेटौंडा । बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन्। काफ्लेले सोमबार...

आशिका तामाङ रास्वपाको उम्मेदवार, धादिङ-१ मा उठ्ने
ashika-tamang_zXqheYc7DH-1768815628.jpg

५ माघ, हेटौंडा । सामाजिक अभियन्ता आशिका तामाङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार बनाएको छ ।...

थप समाचार