२९ पुस, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्ती मनाउने जनाएको छ। विद्यालयले मंगलबार पत्रकार भेटघाटको कार्यक्रमको आयोजना गर्दै बिभिन्न कार्यक्रमको आयोजना गर्दै स्वर्ण जयन्ती मनाउने जनाएको हो ।
पत्रकार भेटघाटमा विद्यालयका बिद्यालयका प्रधानध्यापक परमानन्द सरोज कर्णले माघ २ गतेदेखि ८ गतेसम्म विविध शैक्षिक, सामाजिक, स्वास्थ्य तथा सांस्कृतिक कार्यक्रम सहित स्वर्ण जयन्ती समारोह मनाउन लागेको र विधिवत रुपमा माघ ४ गते बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्ने बताएका छन् ।
स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा विद्यालयले सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै पुष २४ र २५ गते हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा विद्यार्थीहरूका लागि निःशुल्क आँखा परीक्षण शिविर आयोजना गरेको छ। त्यसैगरी पुष २८ गते विद्यार्थी लक्षित दन्त परीक्षण शिविर सम्पन्न गरेको पत्रकार भेटघाटमा प्रअ कर्णले बताएका छन् । महोत्सवको तयारी स्वरूप माघ २ गते विद्यालय परिसर सरसफाइ तथा रङ्गरोगन गरिनेछ।
माघ ३ गते बिहान ७ बजे रक्तदान कार्यक्रम तथा बिहान १०ः३० बजेदेखि शैक्षिक सामग्री प्रदर्शनी आयोजना गरिने बिद्यालयका प्रधानध्यापक परमानन्द सरोज कर्णले बताएका छन् । माघ ४ गते बिहान १० बजेदेखि झाँकी र्यालीसहित महोत्सवको औपचारिक उद्घाटन गरिने जनाइएको छ ।
माघ ५ गते बिहान ७ः३० बजे पूर्व विद्यार्थी भेला तथा बिहान १० बजेदेखि विद्यालयका विविध अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिनेछ । यस दिन बागमती प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ प्रमुख अतिथि रहने बिद्यालयका शिक्षक गणेश प्रसाद हुमागाईले बताएका छन् ।
त्यसैगरी माघ ६ गते बिहान ११ बजेदेखि नगरस्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता तथा अतिरिक्त क्रियाकलापहरू आयोजना गरिनेछ, जसमा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ प्रमुख अतिथि रहनेछन्। महोत्सवमा माघ ७ गते बिहान ११ बजेदेखि विद्यालयको बृहत् सांस्कृतिक कार्यक्रम तथा शैक्षिक एवं खेलकुद पुरस्कार वितरण कार्यक्रम आयोजना गरिनेछ। उक्त कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान प्रमुख अतिथिका रूपमा सहभागी हुने विद्यालयले जनाएको छ।
यसैगरी कार्यक्रमको समापन माघ ८ गते हुने छ । यस कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा रहेको बिद्यालयका स्वर्ण महोत्सव मुल समारोह समितिका संयोजक तथा हेटौंडा–२ का वडा अध्यक्ष विष्णु गोपाल महर्जनले बताएका छन् । हेटौँडा वडा नम्बर २ मा रहेको एक मात्र सामुदायिक विद्यालय २०३२ साल माघ ८ गते सिद्धार्थ निम्न माध्यमिक विद्यालयका रूपमा स्थापना भएको थियो । विद्यालयका हाल १२ सम्म अध्ययन अध्यापन हुदै आएको र विद्यालयमा करिब २ हजार विद्यार्थी अध्ययनरत छन् ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाई, नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, हेटौँडा २ का वडा सदस्य सुरज बर्तौला, इन्द्र रिजाल, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष रामचन्द्र ढकाल लगायतको उपस्थिति रहेको थियो ।
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...


















